Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

सेनाका लागि स्वदेशमै हतियार उत्पादन

काठमाडौं । नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ। प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो। नीतिमा सेना र प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ। सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - सुरक्षा निकायको पुनःसंरचना गर्ने व्यवस्था नीतिमा छ। पुनःसंरचना गर्दा जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई ध्यान दिइनेछ।

तत्कालीन राजा वीरेन्द्रले नेपालमै अत्याधुनिक हतियार प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएका थिए। यसका लागि उनले जर्मनीसँग सहकार्य अघि बढाएका थिए। उनले राजधानीको सुन्दरी जल क्षेत्रमा जग्गा छुट्याएका थिए। स्वदेशमै हतियार उत्पादन गरी अन्तर्राष्ट्रिय सेनालाई प्रशिक्षण दिने योजना वीरेन्द्रको थियो। योजना नसकिँदै उनको वंशनाश भयो। त्यसपछि यो काम अलपत्र छ।

नीतिमा सुरक्षा निकायलाई व्यस्त राख्न र चेन अफ कमान्डमा हिँडाउने व्यवस्था छ। अधिकांश मुलुकमा सेनालाई विकास परियोजनामा लगाउने प्रचलन छ। सुरक्षा नीतिमा पनि सुरक्षा निकायलाई विकास निर्माणका काममा व्यस्त बनाउनुपर्ने सुझाव छ।

सरकारले मुलुकभित्र सीमा सुरक्षा, बैंक तथा वित्तीय संस्था र सुरक्षा निकायलगायतले प्रगोग गर्ने हतियारको मापदण्ड तोक्ने निर्णय यसअघि नै गरिसकेको छ। सार्वजनिक पद धारण गरेका व्यक्ति र राजनीतिक नेताहरूले विदेशीसँग गर्ने भेटघाटलाई सुरक्षा परिषद्ले नियमन गर्ने व्यवस्था नीतिमा छ। अन्तर्राष्ट्रिय क्षेत्रमा शान्तिसुरक्षामा योगदान दिँदै आएको नेपाली सुरक्षा निकायलाई थप चुस्त पार्नुपर्ने प्रस्ताव नीतिमा छ।

नीति उपप्रधान एवम् रक्षामन्त्री पोखरेल नेतृत्वको ‘राष्ट्रिय सुरक्षा नीति २०७३ उच्चस्तरीय परिमार्जन समिति’ तयार पारेको हो। नीति तयारीका लागि गठित सात सदस्यीय विज्ञ टोलीको बैठक २५ पटक बसेको थियो। यस्तै विभिन्न प्रदेशबाट रायसुझाव पनि लिइएको छ। टोलीमा तीन जना आमन्त्रित सदस्य थिए।

प्रधानमन्त्रीले गरे सेनाको प्रशंसा

प्रधानमन्त्री केपी ओलीले नेपाली सेना संवैधानिक सरकारको मातहत र निर्देशनमा व्यावसायिक र मर्यादित संगठनका रूपमा स्थापित रहेको बताएका छन्। ‘सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम एक बहुआयामिक संगठनका रूपमा विकसित भएको छ,’ प्रधानमन्त्री ओलीले पास आउट भएका सैनिक अधिकृतलाई बिहीबार सम्बोधन गर्दै भने, ‘नवनियुक्त अधिकृतले सैनिक जिम्मेवारी, आचरण, चेन अफ कमान्ड र अनुशासनलाई हृदयंगम गर्दै आफ्नो दायित्वप्रति सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ रहनेमा म विश्वस्त छु।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकप्रति समर्पित सेनाको प्रशंसा गरे।

परिषद् सचिवालय निष्क्रिय

सुरक्षा परिषद् सचिवालय सरकार र सेनाको प्राथमिकतामा नपर्दा सुरक्षा रणनीति बनाउन सकिएको छैन। मुलुकको आन्तरिक र बाह्य सुरक्षा अवस्था विश्लेषण गर्दै समग्र सुरक्षा रणनीति बनाउने काम सचिवालयको हो।

परिषद्मा हरेक विषयमा छलफल गरी सुरक्षा रणनीति तय गर्ने व्यवस्था भए पनि त्यसलाई कार्यान्वयन गरिएको छैन। नेपाली सेनाका उपरथिको सहसंयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका डीआईजी स्तरका अधिकृत रहने परिष्दमा सुरक्षा रणनीतिबारे मिहीन अध्ययन गर्नुपर्ने सुरक्षाविज्ञ बताउँछन्।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सचिवालय रहेको सुरक्षा परिषद् सेना परिचालन गर्न र आवधिक प्रतिवेदन तयार गर्नमा मात्र केन्द्रित छ। परिषद्को जिम्मेवारी सुरक्षा रणनीति बनाउनु र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्नु हो। सुरक्षा परिषद्लाई आवश्यक तथ्यको अध्ययन तथा विश्लेषण पनि सचिवालयले गर्नुपर्छ। ०४६ को परिवर्तनपछि परिषद्को अवधारणा आएको थियो। तर २०५८ मा मात्र सुरक्षा परिषद् तय भएको हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE