भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हुँदै आएको थियो ।
तर निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नुभएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले लिएको सङ्कल्प यतिखेर धमाधम पूरा हुन थालेका छन् । जसमध्ये नमूनाको काम हो, ‘निगु पुखुः’ अर्थात दुई पोखरीको पुनरजीवन । स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भूलिसकेका थिए, यो ठाउँको नाम नै दुई पोखरी भइसकेको थियो । तर यसवर्षको विष्का जात्रालाई लक्षित गरी नगरपालिकाले कम्तीमा एउटा पोखरीको पुनरनिर्माण गरी पानी भर्ने सङ्कल्प लिएर गरेको काम सफल भएसँगै आज बिहानबाट पानी भरेर पोखरीलाई पूर्णता दिएको छ ।
पानी भरिएर पुनरजीवन पाएसँगै ३०० वर्ष पुरानो ऐतिहासिक यो पोखरीको पुरानो नाम ‘निगु पुखुः’ले पनि पुनरजीवन पाएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउछन् । करीब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको भन्ने जनश्रुति रहेको स्थानीय बताउँछन् ।
नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरे पनि पुनरनिर्माणका क्रममा भने रु ६० लाख खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।
निगु पुखुः पुनःनिर्माण तथा गुरुयोजना उपभोक्ता समितिले विष्का जात्रालाई लक्षित गरी दक्षिण तर्फको पोखरी पुनरनिर्माण सम्पन्न गरेको र अब उत्तरतर्फको पोखरीको पनि पुनःनिर्माण शुरु गरिने उनले जानकारी दिए । नगर प्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न गर्नेगरी दुई पोखरी पुनःनिर्माणका लागि रु १५ करोडको लागत अनुमान तयार गरेको छ । यसअन्तर्गत पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठ वटा फल्चा अर्थात पाटी निर्माण गरिने भएको छ ।
स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुईपोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको हो । त्यसपछि पोखरी संरक्षण हुन नसके पनि २०६५ सालमा नगरपालिकाले फलामे बार लगाएर संरक्षणको प्रयास गरेको थियो ।
स्थानीयवासीका लागि पानीको स्रोत र कतै आगलागी भएमा सोही पोखरीको पानी प्रयोग गर्न मिल्ने गरी ठूला दुईवटा पोखरी निर्माण गराएको स्थानीयवासीको भनाइ छ । अहिले थिमिकै बोरिङबाट पानी ल्याएर भरिएको र आगामी दिनमा आकाशेपानी सङ्कलन गरी पोखरीलाई जीवित राखिने योजना रहेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: