Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बन्द तातोपानी नाका सञ्चालनमा आउँदै

सिन्धुपाल्चोक । भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन आउने भएको छ । सुख्खा बन्दरगाहा निर्माणकार्य अन्तिम चरणमा पुगेसँगै नाका सञ्चालनको तयारी भएको हो ।

पछिल्लो अवस्था बुझ्न पुगेको उच्च प्रतिनिधि टोलीलाई चिनिया पक्षले निर्माण काम अन्तिम चरणमा पुगेकोले छिट्टै सञ्चालन आउने जानकारी दिएका छन् । चिनियाँ पक्षले आगामी जेठ १७ बाट नाका सञ्चालनमा ल्याउने तयारी गरेको प्रतिनिधिमण्डलमा रहेका सांसद अग्नि सापकोटाले जानकारी दिए । सोही दिन सञ्चालन गर्ने गरी अहिले २४सै घण्टा काम भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सासंदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनको विषयमा कुरा भएको र सोहीअनुसार अन्तिम निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए ।

नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले निरीक्षण गरेका थिए ।

उच्चस्तरीय टोलीले निर्माणाधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडकलगायतको क्षेत्रको निरीक्षण गरेको थियो । केही समस्या भएको ठाउँमा तत्कालै काम सम्पन्न गर्न मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए ।

नेपालका उच्चस्तरीय टोलीलाई चिनियाँ पक्षले अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन गर्न आफूहरु लागिपरेको जानकारी गराएका थिए । नाका क्षेत्रमा सरकारका उच्च अधिकारीहरुले निरीक्षण गरेपछि यस क्षेत्रका स्थानीयवासी र जनप्रतिनिधि खुशी भएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: