Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

विप्लवको यस्तो विज्ञप्ती

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता तथा कार्यकर्ता पक्राउको विरोधमा सरकार विरुद्ध कडा कार्यक्रमको घोषणा गरेको छ । एक विज्ञप्ती जारी नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यक्रम लक्षित प्रतिबन्धीत कार्यक्रमको घोषणा गरेको हो । विप्लव नेतृत्वको नेकपाले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने ।’

विप्लव नेतृत्वको नेकपाले आजदेखि श्रृंखलाबद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । घोषित कार्यक्रममा पर्चा वितरण, कोण सभा, अन्तरक्रिया हुँदै वैशाख ५ गते नेपाल बन्दसमेत छ ।

यसअघि विप्लवले चैत्र मसान्तसम्म पक्राउ नेता तथा कार्यकर्ता रिहा गर्न र पार्टीमाथिको प्रतिबन्ध खारेज गर्न माग गर्दै विज्ञप्ती जारी गरेका थिए । प्रधानमन्त्री केपि शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई मसान्तसम्म हतियार बुझाउन र आत्मसमर्पण गर्न दिएको अवधि सकिनै लाग्दा विप्लवले सरकार विरुद्ध कडा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आफ्नो पार्टीका विरुद्ध सुरक्षा निकायलाई प्रयोग गरि गोली हान्ने समेत आदेश दिइएको भन्दै विप्लवले कुनै हालतमा आत्मसमर्पण नगरिने चेतावनी दिएका छन् । विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टी माथी प्रतिवन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।’ घरमा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने जस्तो काम सरकारले गरिरहेको विप्लवले बताएका छन् ।

आफ्नो पार्टी जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुको हकदार भएको भन्दै विप्लवले शान्ति, वार्ता र सम्झौताको नाममा भएको धोकाको प्रतिवाद गर्ने बताएका छन् । उनले आफ्नो पार्टीले जनताको पक्षमा गरिरहेको आन्दोलनलाई भ्रमित पार्न सरकार र गृह मन्त्रालय लागेको समेत दाबी गरेका छन् । उनले जनआन्दोलन र जनयुद्धका उपलब्धिमाथि घात गरेको सरकारले आफ्नो पार्टीलाई नजिस्क्याउन चेतावनी दिएका छन् ।

यस्तो छ विप्लवद्वारा जारी विज्ञप्ती

\"\"

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending