Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

मोदीलाई टक्कर दिईरहेका कन्हैयाकुमार को हुन् ? यस्तो छ उनको पृष्ठभुमि

काठमाडौं । भारतमा बिहीबारदेखि हुन गइरहेको लोकसभा चुनावको सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबीच नै हुने भएता पनि अन्य दलका पनि केही उम्मेदवार निकै चर्चामा छन्, जसमध्येका एक हुन् बिहारका कम्युनिष्ट उम्मदेवार– कन्हैया कुमार ।

भारतीय राजनीतिमा एक समय अरविन्द केजरीवालको व्यापक चर्चा थियो । अहिले पनि केजरीवाल र उनको आम आदमी पार्टीले भारतीय सत्तारुढ दललाई दिल्लीमा हाराबारा खेलाइरहेकै छ ।

र, यसैवीच अहिले बिहारमा प्रखर युवा कन्हैया कुमार खडा भएका छन् नरेन्द्र मोदीको पार्टीलाई चुनौती दिन । तर, ती युवाले बेग्लै पार्टी खोलेर नभई कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा बीजेपीलाई वैचारिक चुनौती दिँदैछन् ।

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) बाट बिहारको बगुसरायमा खडा भएका यी युवाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध नारा लगाउँदा उनलाई राष्ट्रद्रोहको मुद्दामा जेल हालिएको थियो ।

कन्हैया कुमार यतिबेला भाजपा सरकारको साम्प्रदायिक राजनीतिबाट पीडित अल्पसंख्यक भारतीयहरुका लागि एक विद्रोही आवाज बनेका छन् ।

इन्डिया टुडेले हालै कन्हैयाको घरमै पुगेर एउटा भिडियो रिपोर्टिङ गरेको छ, जसबाट उनको पृष्ठभूमि बुझ्न सहयोग मिल्छ । खपडाले छाएको जीर्ण अवस्थाको उनको घरभित्र अहिले पनि दाउरामा खाना पाक्छ । मान्द्रोले बेरिएको भान्सा छ, जहाँ केही टेबुलहरु राखिएका छन् । घरमा एउटा असाध्यै थोत्रो साइकल छ ।

घरको अवस्था हेर्दा नै कन्हैयाप्रति जो कसैको श्रद्धा जागृत हुन्छ । पीएचडीसम्मको अध्ययन सिध्याएका उनले चाहेमा गतिलो जागिर खाएर मज्जाको लाइफस्टाइल बिचाउन सक्थे । तर, उनी व्यक्तिगत सुख सयलको तृष्णालाई बिर्सेर एउटा निष्ठा र समर्पणको राजनीतिमा होमिएका छन् ।

यस्तो छ कन्हैयाकुमारको पृष्ठभुमि ?

सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका हुन् कन्हैयाकुमार । उनका बुवा जयशंकर सिंह केही वर्षदेखि प्यारालाइसीसबाट थलिएका छन् । आमा मिनादेवी एउटा बालस्याहार केन्द्रमा काम गर्छिन् । दाजु मणिकान्त एउटा प्राइभेट अफिसका जागिरे हुन् । कन्हैया उपल्लो मानिने भूमिहर जातका व्यक्ति हुन् ।

आफ्नो गाउँ नजिक रहेको मस्नापुरस्थित एक विद्यालयमा कन्हैयाले ६ कक्षासम्म पढेका थिए । त्यसपछि बराउनीमा रहेको आरकेसी स्कुलबाट उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे । १० कक्षा पास भएपछि उनले छिमेकी गाउँ मोकामामा रहेको आरआर सिंह कलेजमा विज्ञान संकायमा भर्ना भए । त्यहाँ प्रमाणपत्र तहको अध्ययनपछि स्नातक पढ्न पटना गए । २००७ मा कलेज अफ कमर्सबाट उनले भूगोलमा स्नातकतकोत्तर अध्ययन पूरा गरे ।

अन्तमा उनी पीएचडीका लागि जवाहरलाल नेहरु युनिभर्सिटीमा भर्ना भएँ । त्यहाँ अध्ययन गर्ने क्रममा नै उनको जीवनले नयाँ मोड लियो र उनी देशब्यापी चर्चित बने ।

आमाले कन्हैयालाई प्रोफेसर बनाउन चाहन्थिन् । तर, कलेजका दिनहरुमा कन्हैया राजनीतितर्फ आकृष्ट भए । उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई) को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भए । एआईएफसीले जेएनयू स्टुडेन्ट यूनियनमा अध्यक्ष जितेको त्यो पहिलोचोटि थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE