विरानगर । जिल्ला सभापतिहरुको भेलाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले चर्को असन्तुष्टी पोखेका छन् । बिहिबार पाल टेलिकम वर्कर्स युनियनको राष्ट्रिय महाधिवेशनमा भाग लिन विराटनगर पुगेका सभापति देउवाले कसैले चाहेर विशेष महाधिवेशन नहुने जिकिर गरे ।
देउवाले असन्तुष्ट पक्षलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौति समेत दिएका छन् । देउवाले भने ‘पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन म चुनौती दिन्छु, यदि कसैले महाधिवेशन गरेर देखाउछ भने म पार्टी सभापतिको हैसियतले त्यसलाई फेस गर्न तयार छु ।’ ‘विशेष महाधिवेशन फेस गर्न तयार छु । पार्टीले बोलाउँदैन, उनीहरुले बोलाउँछन् भने बोलाउन् तर म फेस गर्न तयार छु,’ देउवाले भने ।
‘जतिजना जिल्ला सभापति बैठक बसेको भएपनि मैले उहाँहरूको निर्णय फेस गर्छु’, देउवाले भने । उनले ५० जना भन्दा धेरै जिल्ला सभापतिहरू भेला भएको कुरा अस्विकार गरेका छन् ।
सभापति देउवाले भेला बोलाउने सभापतिहरुलाई सानो झुण्डको भनि संज्ञा दिएका छन् । देउवाले सानो झुण्डको जिल्ला सभापतिहरुको समुहले मात्र विशेष महाधिवेशन बोलाउन माग गदै आएको दाबी गरे । उनले असन्तुष्ट सभापतिहरुको संख्या २० जना मात्र रहेको भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्न नमिल्ने समेत प्रष्ट पारे ।
रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको भेलाप्रति असन्तुष्टि जनाउँदै देउवाले सभापतिको हैसियतमा आफूले विशेष महाधिवेशन नडाक्नेसमेत प्रष्ट पारेका छन् ।
पार्टीलाई एकजुट बनाएर अगाडि बढ्ने क्रममा रहेकोले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने देउवाले बताएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: