Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

पानीलाई सम्पत्तिमा रुपान्तरण गर्ने अवसर नगुमाऔं – प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् ।राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए ।

नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डो¥याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्रीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताए ।

गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ”, असल कार्यका निम्ति सम्मेलनमा एकत्रित भएका लगानीकर्तालाई सम्मेलनको औचित्य सुनाउँदै प्रधानमन्त्रीले भने । लगानीका लागि पचहत्तरभन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै उहाँले नेपालमा उपलब्ध अवसर भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए ।

लगानीका अथाह अवसर भएको नेपालका तीन करोड इमानदार एवं परिश्रमी नेपालीको जीवनस्तर उकास्न लगानीको आवश्यकता परेको यथार्थ सुनाउँदै उनले नेपालको स्थिर सरकारले गरेको लगानी सुरक्षासहित मुनाफाको सुनिश्चितताबाट फाइदा उठाउन आग्रह गरे ।

बुद्ध जन्मस्थल र सर्बोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमालपहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पुँजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

छिमेकभन्दा पर पनि नेपाली उत्पादन खपत हुने गरेका, नेपालको आन्तरिक बजार पनि बढिरहेको र मध्यमवर्गाीय जनसङ्ख्याको क्रयशक्ति बढिरहेको, विकासोन्मुख र विकसित देशले पनि अल्पविकसित नेपाललाई व्यापारको साझेदार बनाएका जनकारी दिँदै उनले भौतिक सम्पर्क स्थापनाका अवरोध पनि क्रमशः हट्दै गएको बताए ।

प्रधानमन्त्री ओलीले थपे,“दुवै देशसँगको बहुआयमिक सम्पर्क सञ्जालभित्र सडक, रेल, जलमार्ग, हवाईमार्ग र प्रसारणलाइन समावेश भएका छन् । लगानीका लागि नेपाल उपयुक्तस्थल हो, जुनसुकै क्षेत्रमा लगानी गरेपनि मुनाफा प्राप्त हुन्छ भन्दै उहाँनले जलविद्युत् क्षेत्र लगानीको प्रमुख केन्द्र बन्नसक्ने बताए ।

कृषि, उत्पादन क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार,सूचना प्रविधि, खनिज र खानी क्षेत्रले पनि लगानीको प्रतीक्षा गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।
पानीलाई सम्पत्तिमा रुपान्तरण गरौँ

अन्तरदेशीय प्रसारणलाइन निर्माणका निम्ति आधारभूत पूर्वाधार निर्माणको प्रयास भइरहेको, बिम्स्टेक क्षेत्रमा विद्युत् व्यापार गर्ने सन्दर्भमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हालै भएको समझदारीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी आकर्षित गरेको बताउँदै प्रधानमन्त्री ओलीले पानीलाई सम्पत्तिमा रुपान्तरण गर्ने अवसर गुमाउननहुनेमा जोड दिए ।

तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको जानकारी दिँदै उनले द्रुत औद्योगिकीकरणसँगै विद्युत्को आन्तरिक खपतमा वृद्धि भइरहेको तथा भारतको सकारात्मक प्रयासका कारण क्षेत्रीय बजारमा बिजुली बिक्रीको सम्भावना बढेको बताए ।

उहाँनले आर्थिक नीति तथा वैदेशिक लगानीका लागि सदैव ढोका खुला राख्ने लचिलो देश नेपालले केही संवेदनशील क्षेत्र छाडेर सबै क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानी खुला गरेको बताए।

निर्धारित मापदण्ड पूरा गरेका उद्योगलाई कर छुटको व्यवस्थाका साथै संस्थागत कर, आयात महसुल र निर्यात सहजीकरणमा आकर्षक प्रोत्साहन दिइएको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिस्पर्धी कर प्रणाली, परिश्रमी, युवापुस्ता, सस्ता श्रमिक, बहुुसीपयुक्त जनशक्ति र मनासिब खर्चमा उत्पादन लिन सकिने भएकाले लगानीको उच्च प्रतिफल प्राप्त हुनेमा जोड दिए।

पूर्वाधार निर्माण वर्तमान सरकारको प्राथमिकतामा परेको, सरकारको त्यो प्रतिबद्धता महत्वपूर्ण पूर्वाधारका क्षेत्रमा भएका प्रगतिले प्रतिबिम्बित गरेका बताउँदै उनले भने,“उद्योगका लागि चौबिसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गरेका छौँ, अब चाँडै नै हामीसँग अतिरिक्त विद्युत् हुनेछ, देशभित्र र अन्तरदेशीय सडक सम्पर्क विस्तारमा उल्लेख्य सुधार आएको छ अनि केही वर्षअघिसम्म सपनामा सीमित रहेको काठमाडौँ–तराई द्रुतमार्ग अहिले वास्तविकता बन्दै छ । ”

उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्रमा पूर्वाधार र अन्य सुविधा उपलब्ध रहेको, एउटा आर्थिक क्षेत्र सञ्चालनमा आइसकेको तथा अन्य कैयौ विकासका चरणमा रहेका जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालको औद्योगिक विकासको आधार तयार पारिएको बताए। स्थानीय तहमा एउटा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको योजना सुनाउँदै उहाँले हरेक प्रदेशको औद्योगिक उन्नयनका लागि साना तथा मझौला उद्योग स्थापनालाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

संसद्मा रहेका नेपालका सबै राजनीतिक शक्ति बाह्य लगानी प्रोत्साहन एवम् आमन्त्रण गर्न तथा विकासका विषयमा सहमत रहेका त्यसमा राष्ट्रिय सहमतिसमेत रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासको स्पष्ट दृष्टिकोण बोकेको वर्तमान सरकारसँग निजी क्षेत्रको साथ र सहयोग रहेको दोहो¥याए । उनले सामाजिक–आर्थिक रुपान्तरणको अतिमहत्वपूर्ण साझेदारका रुपमा निजी क्षेत्रलाई चित्रण गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको अभियानमा नेपाललाई साथ दिन आग्रह गर्दै उनले साथीको साथ, सहयोग, समर्थन र ऐक्यबद्धताको महत् महत्व हुन्छ भने । समृद्धितर्फको अवको यात्रामा विलम्ब नगर्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्रीले अहिलेको नेपालको आवश्यकता द्रुत एवम् व्यापक विकास भएको दोहो¥याए ।

“नेपाल व्यापार–व्यवसाय र लगानीका निम्ति तयार छ, हामी तपाईहरूको लगानीको स्वागत गर्छौँ, ढुक्क भएर लगानी गर्नोस्, तपाईको लगानीको सुरक्षाका साथै मुनाफाको प्रत्याभूति हुनेछ,” लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्रीले आफ्नो सन्देश सुनाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending