Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

तपाइँलाई महत्व नलाग्ने सूचना कतै आपराधिक गतिविधिका त होइनन् ?

काठमाडौँ । समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् । समुदायको भरपर्दो सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पनि समुदायसँगको सहकार्यमा मात्रै आपराधिक घटना न्यूनीकरण हुने विश्वास छ । “तपाइँहरुलाई महत्व नलागेका सूचना कतै आपराधिक क्रियाकलाप गर्ने उद्देश्यले त प्रेरित छैनन्, त्यस्ता महत्वहीन सूचना हामीलाई दिनुहोस्, हामी त्यसको पनि अनुसन्धान गर्छौं”, क्षेत्रीले समुदायलाई लक्षित गर्दै भने ।

समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न महानगरीय प्रहरी परिसर काठमाडौँले समुदायसँग मिलेर आजदेखि शुरु गरेको घरदैलो अभियानका क्रममा उहाँले स्थानीयवासीसँग कुनै शङ्कास्पद गतिविधि भएको देखिएमा प्रहरीलाई खबर गर्न अनुरोधसमेत गरे ।

समुदायसँग सहकार्य गरी सूचना सङ्कलन गर्ने लक्ष्यसहित काठमाडौँका सबै स्थानीयतहमा आजदेखि एकैसाथ ‘घरदैलो’ अभियान थालिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री घरघरमा वितरण र टाँस गर्दै समुदायसँग सम्बन्ध विस्तार गर्न उक्त अभियान थालिएको हो ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु भएको घरदैलो कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यकाका आठ लाख बढी घरमा पुगेर सचेतनाका विषय उल्लेख गरिएको स्टिकर टाँस गर्न थालिएको जानकारी दिए । समुदायको सहयोगमा मात्रै अपराध नियन्त्रण गर्न सकिने भएकाले घरदैलोलाई प्राथमिकता दिन लागिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुरका दिनेशमान जोशीको घरमा स्टिकर वितरण गरेर अभियानको थालनी भएको घोषणा गरे । घरभित्र सबैको पहुँच पुग्ने स्थानमा टाँस गर्दा समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे। “यो अभियान नितान्त सुरक्षा कायम गर्नका लागि हो, कुनै कर उठाउनका लागि होइन, तपाइँहरुले सहजरूपमा सूचना दिनुहोस्, जसले ठूला घटना रोक्न सहयोग गर्छ”, शाक्यले समुदायसँग भने ।

घरदैलोसँगै प्रहरीले समुदायसँग मिलेर सडक मानव, सडक बालबालिकामा र मगन्तेलाई जनचेतना र उद्धारमार्फत दिगो र प्रभावकारी व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गर्ने, महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ ।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले सबै जनप्रतिनिधिलाई कार्यक्रममा सरिक गराउन सके थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । घरदैलो कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले काठमाडौँका हरेक स्थानीय तहमा आज एकैसाथ घरदैलो अभियान चलाइएको जानकारी दिँदै तीन महीनासम्म चल्ने अभियानले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । आवश्यक परे अभियानलाई थप गर्न सकिने श्रेष्ठको भनाइ थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending