काठमाडौं। काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारी टोलबाट ७ जना, सोही महानगरपालिका-१४ बल्खुबाट ५ जना र भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ राधेराधेबाट ४ जना गरी उनीहरु १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं बौद्ध फुलबारी टोल डेरा गरी बस्ने तेन्जिङ शेर्पाको डेराकोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले अवैध रुपमा मज्याङ तथा जुवातास खेलिरहेको अवस्थामा आरुबारी बस्ने ६६ वर्षीय तासी छाप्टेल लामा समेत ७ जनालाई शनिबार साँझ पक्राउ गरेको हो । उनीहरुबाट नगद २ लाख ९८ हजार रुपैयाँ, युरो २ सय ५०, चाइनिज युआन १ हजार १ सय ५२, भारतीय रुपैँया १ हजार १ सय १०, भुटानी मुद्रा १ सय ६६, कोरियन मुद्रा १ हजार, मलेसियन मुद्रा ३, इङ्गल्याण्ड पाउण्ड १०, सिंगापुर डलर ४, मज्याङ खेल्न प्रयोग हुने गोटी १ हजार ४६ वटा, कौडा ६४ थान, तास १७ बुक र जुवातास खेल्न प्रयोग हुने अन्य सामान प्रहरीले बरामद गरेको छ ।
यसैगरी काठमाडौं वल्खुस्थित जमुना थापाको घरमा जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बल्खु बस्ने नुवाकोट बेलकोटगढी-५ का २९ वर्षीय हर्कबहादुर गुम्बा समेत ५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २५ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार साँझ पक्राउ गरेको छ ।
यसैगरी भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ राधेराधे बस्ने ३४ वर्षीय राजन भासिमाको कक्टेल नेवारी खाजा घरमा जुवातास खेलीरहेको अवस्थामा राजन समेत ४ जनालाई नगद १ लाख ७५ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले शनिबार दिउसो पक्राउ गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: