भरतपुर । चितवनका प्रदेशसभा सदस्य विजय सुवेदीले मरणोपरान्त अङ्गदान गरेका छन् । आफ्नो ५६औँ जन्मदिनको उपलक्ष्यमा उनले भरतपुर अस्पतालमा अङ्गदान गरेको हो ।
उनले मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ अनुसार मृत्युपश्चात मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका छन् । भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा उहाँले मृत्युपश्चात अङ्ग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको हो ।
उहाँ भरतपुर अस्पतालमा अङ्गदान गर्ने पहिलो व्यक्ति हुुनुहुन्छ । विसं २०२० चैत ५ गते स्याङ्जामा जन्मेका सुवेदी हाल भरतपुर महानगरपालिका–१२ मा बस्छन् । सांसद सुवेदीले अङ्गदानसँगै अस्पताल परिसरमा पिपलका बिरुवासमेत रोपेका छन् । उनले भरतपुर अस्पताल विकास समितिको अध्यक्षसमेत भएर काम गरिसकेका छन् ।
मृत्युपश्चात त्यसै माटोमा मिसिने शरीरका अङ्गले दानपश्चात धेरै मानिसलाई सुखी र खुशी जीवन बिताउनसक्ने भएकाले अङ्गदान गरेको उहाँले बताउनुभयो । कुनै पनि मानिस अङ्गको अभावमा बाँच्न नपरोस् भन्नका लागि अङ्गदानलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।
मानिसले मरणोपरान्त अङ्गदानको विषयमा नबुझेकै कारण कार्यान्वयनमा चुनौती बनेको चिकित्सकले जनाएका छन् । दुर्घटनामा परेर जीवन गुमाउनेको अङ्गदान हुनसकेमा नेपालमा अङ्गको पर्खाइमा रहेका बिरामीले जीवन पाउनसक्ने चिकित्सिकको सुझाव छ । “यसका लागि सबैमा चेतना हुनुपर्छ”, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले भने, “पहिलोपटक यहाँ शुरुआत गरेका छौँ ।”
पौडेलले मिर्गौला डायलासिस धेरै खर्चिलो रहेकाले प्रत्यारोपणमा जानुपर्ने बताए । उनले भने, “सरकारले हरेक प्रदेशमा एउटा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ, प्रदेश नं ३ को भरतपुर अस्पतालमा राख्न हामीले पहल शुरु गरिसकेका छौँ ।” उनले चितवनमा अङ्गदानलाई अभियानको रुपमा सञ्चालन गर्ने बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: