Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

होलीका नाममा विकृति, रम्परागत महिमा र रौनक हराउँदै

गलेश्वर । केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ्ग र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको छ ।

हिन्दी भाषाबाट आगन्तुक शब्दको रुपमा ‘होली’ नेपाली भाषामा भित्रिई जनजिब्रोमा बसेपछि शब्दमा मात्रै होइन, फागुपूर्णिमा पर्व मनाउने चलन र तरिकामा पनि परिवर्तन आउनुका साथै गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो ।

फागु पूर्णिमामा रङ्ग दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृति हराएको स्थानीय बुद्धिजीवीको भनाइ छ । आफ्नो मौलिक परम्परा, प्रचलित संस्कार र संस्कृतिभन्दा विपरीत किसिमले खर्चिलो र भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढ्दै गएपछि सांस्कृतिक विरासत र धार्मिक महत्वका दृष्टिले पनि अत्यन्त गर्विला यस्ता पर्वमा विकृति भित्रिन थालेको हो ।
“पहिलेपहिले फागु पूर्णिमा आउनुभन्दा दुई÷तीन दिनअघिदेखि नै मादल, झ्याली, मुर्चुङ्गा, खैंजडीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो”, बेनी नगरपालिका–२ का ८१ वर्षीय वेदप्रसाद उपाध्यायले भने, “अहिले दुई÷चार दिनअघिदेखि नै लोला हान्ने र होलीको नाउँमा पानी र केके भरेर बन्दुक जस्तैबाट गोली हान्ने गर्छन् ।”

शहरबजारमा मात्रै होइन, गाउँघरमा समेत फागु पूर्णिमाको परम्परागत रौनक हराउँदै गएको छ । भाका हालेर होरी गाउने, हात गाँसेर नाच्ने, रचनाको रङ्ग प्रयोग गर्ने, केशरी र अबिर घोलेर रङ्ग लगाइदिने जस्ता प्रचलन हराउँदै गएको स्थानीय वृद्धवृद्धाहरुले बताएका छन् । “गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, शहरबजारको हावा गाउँमा छिरिसकेको छ”, पण्डित नीलकण्ठ आचार्यले भने, “अब भक्तप्रल्हाद र फुपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रल्हादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस् ।”

उमेर ढल्केका र वृद्धवृद्धामा फागु पूर्णिमाको कुनै रौनक देखिँदैन । यस पर्वलाई विशेषगरी शहरबजारमा साथीभाइ, आफन्तबीच रङ्ग खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन् । पहिले मनाइने ‘फागु पूर्णिमा’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

“पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो”, सिङ्गाका ७२ वर्षीय गणनाथ पौडेलले भने, “अहिले मोबाइलमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलुले हान्ने, फोहर पानी खन््याइदिने, होलीको नाममा जे गरे पनि हुने जमाना आयो ।”

“अहिले होली संस्कार, संस्कृति जोगाउने भन्दा पनि रमाइलो गर्ने, फ्रेस हुने, साथीभाइ भेटभएर वनभोज खाने पर्वको रुपमा मनाइने गरिन्छ”, २२ वर्षीय युवा धिरज घिमिरेले भने, “जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ, अहिलेका युवा त्यसैबाट छिटो प्रभावित भइन्छ ।रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending