ओखलढुङ्गा। ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो ।
स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर लेखिएका बोर्ड र ब्यानर राखिएका छन् । त्यहाँ मदिरा बिक्री वितरण र सेवन गरे कारवाही हुन्छ ।
करीब पाँच वर्षअघि नै यो अभियान थालिएको भए पनि प्रभावकारी हुन सकेको थिएन । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले क्लबको समन्वयमा सक्रियता बढाएर अनुगमन गर्न थालेपछि सोब्रुमा मदिरा निषेध अभियान प्रभावकारी बनेको छ ।
क्लबका पदाधिकारी, जनप्रतिनिधिसहितको उपस्थितिमा सोब्रु क्षेत्रका व्यवसायी र अगुवासँग छलफल गरेर कडाइका साथ नियम लागू गराइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।
मदिराका कारण हिंसा र गैरकानूनी गतिविधि बढाएकाले नियन्त्रण अभियानमा प्रहरी जुटेको मल्लले बताए । ‘‘जिल्लामा हुने अधिकांश घटना मदिराकै कारण सिर्जना भएको पाइयो’’ उनले भने, “त्यो अवस्था सुधारका लागि हामी प्रयत्न गरिरहेका छौँ ।”
प्रहरीले गाउँगाउँमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेर मदिराको उत्पादन बिक्री वितरण र सेवनमा ध्यान दिन सुझाव दिने गरेको छ ।
सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा आठ वर्षदेखि ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनको सहयोगमा लालुपाते क्लब सञ्चालनमा आएको हो । कुलतमा फसेर उन्मुक्ति पाएका १६ जना मिलेर शुरु गरेको लालुपातेले अहिलेसम्म १७५ भन्दा बढीको उपचार गरेको छ ।
उपचार गराइएकामध्ये १५० भन्दा बढी पूर्ण रूपमा कुलतमुक्त भएको क्लबका अध्यक्ष तिलक राईले बताए । क्लबले विभिन्न सङ्घ, संस्था, विद्यालयसँग सहकार्य गरी गाउँगाउँमा आफ्नो कार्यक्रम विस्तार गरिरहेको छ ।
अग्निपीडितलाई सांसदको साथ
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ चुहानछापका अग्निपीडितलाई सांसद र सरोकारवालाले सहयोग गरेका छन् । पीडितको अवस्था बुझ्न चुहानछाप पुगेका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार, प्रदेश सांसदद्वय अम्बिरबाबु गुरुङ र मोहन खड्का, नेपाली काङ्ग्रेस नेताद्वय रामहरि खतिवडा र बालकृष्ण दाहालले आर्थिक तथा भौतिक सहयोग गरेका छन् । त्यस्तै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानले पनि सहयोग गरेको पीडितले जनाएका छन् ।
उनीहरुले पीडित परिवारलाई चामल, दाल, नुन, तेल, पानी, सिलिण्डरसहितको ग्यास चुलो, आवास निर्माणका लागि जस्तापाता हस्तान्तरण गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक संस्थाले पनि सहयोग गरिरहेका छन् ।
विपदको अवस्थामा राहत पाउँदा अग्निपीडितले खुशी व्यक्त गरेका छन् । ‘‘नेताहरुले हामीलाई दुःखमा साथ दिनुभयो असाध्य खुशी छौँ” अग्निपीडित गोविन्द खड्काले भने, । केही दिनअघि भएको आगलागीमा सिद्धिचरण नगरपालिका–२ को ठूलाछाप, चुहानछापका नरेन्द्र कार्की, गोविन्द खड्का, सत्यवती कार्कीसहित आठ परिवारको घर गोठ, लत्ता कपडा खाद्यान्नसहितका सामान जलेर नष्ट भएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: