Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

समाजसेवामा: नेपाल प्रहरी श्रीमती संघ

काठमाडौँ। नेपाल प्रहरी २४ सै घण्टा समाजसेवामा व्यस्त हुन्छन् । कतिपयलाई लाग्न सक्ला २४ सै घण्टा समाजसेवामा लाग्ने प्रहरीका श्रीमतीले कसरी दिन बिताउलान् रु तर, प्रहरीका श्रीमतीहरुले पनि सङ्घ स्थापना गरी सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका छन् ।

‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीका श्रीमतीहरूको ‘नेपाल प्रहरी श्रीमती सङ्घ’ सामाजिक सेवाका लागि अभिप्रेरित भई राष्ट्रसेवा र राष्ट्रमा समयसमयमा आउने विभिन्न प्रकारका दैवी प्रकोपको क्षेत्रमा काम गर्न क्रियाशील छ ।

श्रीमान् प्रहरी महानिरीक्षक भएपछि स्वतः श्रीमती सङ्घको अध्यक्ष बन्ने परम्पराअनुसार स्थापना भएको सङ्घले शिक्षा, स्वास्थ्य, खेलकूद, आर्थिक क्षेत्रको सुधार, विकास र उन्नतिका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

गैरराजनीति र मुनाफारहित संस्थाको रूपमा विसं २०४१ मा स्थापना भएको सङ्घले आफूसँग भएको सीमित स्रोत र साधनले समाजको उन्नति, प्रगति र विकासका लागि काम गरिरहेको छ । सङ्घका अध्यक्ष प्रमिला खनाल सङ्घले स्थापना कालदेखि नै प्रहरी परिवारका महिलालाई मात्र नभएर समग्र महिलाको सीप विकास, आयआर्जन र क्षमता अभिवृद्धिको क्षेत्रमा काम गर्दै आइरहेको बताउछिन् ।

\'अमर प्रहरी, घाइते, दीर्घ रोगी आदिका परिवारलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहीन वृद्धवृद्धालाई राहत सहयोग तथा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आइरहेका छौँ\', उनी भन्छिन् ।

सङ्घले यो वर्षमात्र नेपाली महिलाको महान् पर्व तीजका अवसरमा पशुपति परिसरमा निःशुल्क खानेपानी वितरण, ६३ औँ प्रहरी दिवसको अवसरमा सहारा असहाय बालगृह धापासीमा राहत वितरण, रसुवाको स्याफ्रुबेँसी र कालिकामा स्वास्थ्य शिविर, यौनहिंशा तथा मानव बेचबिखनसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

काभ्रेपलाञ्चोकको कटुञ्जेमा रहेको रोशी उच्च माध्यमिक विद्यालयमा यौनहिंशा तथा मानव बेचबिखनसम्बन्धी कार्यक्रम, अपाङ्ग दिवसको अवसरमा काठमाडौँको लोलाङमा न्यानो कपडा तथा राहत वितरण, स्पाइनल कर्ड इन्जुरी जोरपाटीमा राहत वितरण, स्कीन आर्टस एथेस्टीक कस्मेटोलोजीसँग स्कीन ब्युटिफिकेशनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै, सङ्घले आफ्नो स्थापना दिवस र आफ्नो मातहत रहेका आसरा सुधार केन्द्र, शिशु स्याहार केन्द्रलगायत संस्थाको वार्षिकोत्सवसमेत सम्पन्न गरिसकेको अध्यक्ष खनालको भनाइ छ । सङ्घले महिला लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनःस्थापना कार्यका लागि गत माघ २७ गते ४० महिला राख्न मिल्ने गरी काठमाडौँको तिलगङ्गामा पुनःस्थापना केन्द्रको स्थापना गरेको छ ।

यही चैत १ गते सङ्घकै पहलमा सुनसरीको धरान उपमहानगरपालिका–६ पारबानीस्थित १०० पुरुष लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनःस्थापना गर्न मिल्ने गरी आसरा सुधार केन्द्रको शाखा विस्तार गरिएको छ । उक्त शाखाको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका थिए ।

यसअघि सङ्घको पहलमा विसं २०५४ मा आसरा सुधार केन्द्र रानीबारी स्थापना भएको थियो । सो केन्द्रमा अहिले ८५ जना लागुऔषध प्रयोगकर्ताले सेवा लिइरहेका छन् भने हजारौँले सेवा लिएर घर फर्किसकेका छन् ।

सङ्घ सहसचिव अजिता लोहनी पन्त आगामी दिनमा पदाधिकारी तथा सदस्यलाई सङ्घको जिम्मेवारी बाँडफाँड गरी विषयगतरूपमा सबैलाई क्रियाशील गराउने लक्ष्य सङ्घले लिएको बताउनुहुन्छ । सङ्घद्वारा सञ्चालित दिवा शिशु स्याहार केन्द्रको आवश्यकताअनुसार विस्तार गर्दै लैजाने लोहनीको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE