Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

जिउँदो छँदा मात्रै हैन, मृत्युपछि पनि महत्त्व हुने दाँत

काठमाडौँ । दाँत हाम्रो शरीरको महत्वपूर्ण अङ्ग हो । तपाईलाई बाँचुन्जेल दाँतले खाना चपाउनेदेखि अन्य धेरै महत्वपूर्ण काममा सहायत गर्दै आइरहेको हुन्छ । दाँत मानिसको सुन्दरताको एउटा महत्त्वूर्ण पाटो पनि हो । जीवित हुँदा हाम्रो दाँतको महत्व छँदैछ । तर तपाईं हामी मध्येकमैलाई थाहा होला, निधन भएपछि पनि दाँतको महत्त्व उत्तिकै हुने गर्छ ।

नेपालीको लागि दुखको दिन । पर्यटनमन्त्री सँगै ७ जनाको हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भयो । सो समयमा देशले पर्यटनमन्त्रीदेखि पर्यटन क्षेत्रका ठूला हस्तीहरुलाई गुमाउनुप-यो ।

निधन हुनेमध्ये मन्त्री अधिकारीको अनुहारमा खासै समस्या नभएको कारण पहिचानको लागि गाह्रो भएन । तर अन्य ६ जनाको शरीर चिन्न सक्ने अवस्थामा थिएन । पूर्णरुपमा जलेको थियो । निधन भएका छ जना मध्ये ३ जनाको सनाखत दाँतबाट गरिएको हो ।

कसैको फोटोको दाँत हेरेर पहिचान गरियो त कसैको परिवारले डेण्टल रेकर्ड उपलब्ध गराएको कारण समयमा नै पहिचान हुन सक्यो । फलतः उनीहरुको शव अन्तिम सदगतका लागि बेलैमा परिवारलाई जिम्मा लगाइयो ।

यहाँ उक्त कुराको उल्लेख गर्नुको कारण दुःखको घटनालाई सम्झाउने भन्दा पनि डेण्टल रेकर्डको महत्व कति रैछ भन्ने कुरामानै जोड्न खाेजिएकाे हाे।

यो एक उदाहरणमात्रै हो । विधिविज्ञान भनिने फोरेन्सिक साइन्सको क्षेत्रमा दाँतको रेकर्ड राख्ने कुरालाई अत्यन्तै उच्च प्राथमिकता दिने गरिन्छ । त्यसैको आधारमा विभिन्न घटनाहरुमा परी मृत्यु भएका मानिसहरुको यकीन पहिचान गर्न सजिलो हुने गर्छ । नेपालमा सन् २०१२ देखि दाँतबाट सनाखत गर्ने काम हुँदै आइरहेको छ ।

नेपालमा धेरै किसिमको दुर्घटनाको कारण मानवीय क्षति हुने गरेको छ । जसमध्ये विमान दुर्घटना, हिम पहिरो, बाढी पहिरो, आगोलागी, मारेर जमिनमा गाडेको शव चिन्नलाई गाह्रो हुन्छ । त्यस्तो शवको पहिचान दाँत परीक्षण गरेको पूर्जा र स्पष्ट दाँत देखिएको फोटोबाट सनाखत गर्न सकिन्छ र हुँदै आइरहेको छ ।

हामी सबैले याद गर्नुपर्ने कुरा भनेको आगलागीमा परेर शरीर जले पनि हाम्रो दाँत जलेको हुँदैन । त्यसैगरी, भैसी, राँगा, खसी, बोका काटेर खाएको महिनौसम्म पनि खुल्ला ठाँउमा दाँत जस्ताको त्यस्तै रहने गरेको पनि तपाई हामीले याद गरेकै कुरा हो ।

दाँत परीक्षण गरेको कागजपत्र र दाँत स्पष्ट देखिने फोटो भएको खण्डमा एक घण्टामा सनाखत हुन्छ । नेपालमा डिएनए परिक्षणको लागि ३ हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा दाँतबाट गरिने सनाखत निकै प्रभावकारी बन्दै गइरहेको छ ।

हाम्रो शरीरको सबै भाग जले पनि दाँत हत्तपत्त जल्दैन । कसैलाई माटोमा गाढेको १५ वर्ष पछि निकाल्नुु भयो भने पनि दाँत जस्ताको त्यस्तै रहन्छ । विश्वमा पनि हराएको मान्छेको कंकालभेट्दा डिएनए र दाँतबाट सनाखत गरिन्छ ।

कसरी राख्ने डेण्टल रेकर्ड
डेण्टल रेकर्ड भनेको हामीले दन्त चिकित्सक कहाँ दाँत देखाउँदा देखिएको कुराको बारेमा जानकारी गराएर बुकलेट वा दाँतमा देखिएको समस्याको बारेमा स्पष्ट लेखिएको कागजपत्रलाईनै डेण्टल रेकर्ड भनिन्छ । दाँत उपचार गरेको सबै व्यक्तिको परिवारले अस्पतालले दिएको कागजपत्रलाई डेण्टल रेकर्डको रुपमा राख्न सकिन्छ । डेण्टल रेकर्ड नभएको खण्डमा तपाईको स्पष्ट दाँत देखिने फोटो भएपनि हुन्छ ।

नेपाल भूकम्प, बाढीपहिरो, हिमपहिरो, सवारी दूर्घटना, जस्ता कुराहरु भइरहने देश होे । यी विभिन्न कारणले नेपालमा प्रत्येक दिन मानवीय क्षति भइरहेको छ । यसरी निधन हुने व्यक्तिहरुको सनाखत हुन एकदमै गाह्रो हुन्छ ।

निधन भएको व्यक्तिको पहिचानको लागि तपाईको दाँतको एकदमै महत्व हुन्छ । त्यसैले दाँतको परिक्षण गरेको छ भने आफूले कुन अस्पतालमा दाँतको परीक्षण गरेको बारे परिवारसँग जानकारी गराउनु पर्ने हुन्छ । सम्बन्धित अस्पतालले पनि डेण्टल रेकर्ड राख्न आवश्यक भएको त्रि.वि शिक्षण अस्पतालका फरेन्सी दन्त चिकित्सक डाक्टर सामरिका दाहाल बताउँछिन् ।
सनाखत तीन किसिमबाट गरिन्छ– फिङ्गर प्रिन्ट, डिएनए र दाँतबाट ।

दाँतबाट गरिने सनाखत सस्तो, छिटो भएको हुँदा विज्ञानले पनि औँठाछाँप (फिङगरप्रिन्ट) जस्तै दाँतको सनाखतलाई महत्त्व दिएको छ । हरेक मान्छेको औठाछाप फरक हुन्छ, त्यस्तै हरेक मान्छेको दाँत पनि फरक हुन्छ ।

दाँतबाट गरिने सनाखत छिटो र सस्तो भएको हुँदा आफ्नो डेण्टल रेकर्ड राख्न अतिनै आवश्यक भएको डाक्टर सामरिका बताँउछिन् ।

दाँत परिक्षण गरेको पूर्जामा दन्त चिकित्सकले सम्बन्धीत बिरामीको दाँतको बारेमा स्पष्ट लेखेको हुन्छ र लेख्नुपर्ने हुन्छ । क्राउन भरेको, नक्कली दाँत, किराले खाएको जस्ता सबै जानकारी लेख्ने भएको हुँदा यस्ता डेण्टल रेकर्ड राखेको खण्डमा भोलि समस्या वा भवितव्य पर्दा परिवारले डेण्टल रेकर्ड देखाउँदा आफ्नो मान्छेको सनाखत छिट्टै गर्न सक्छन् ।

तर तपाईले परिक्षण गरेको पूर्जा बारे भने परिवारको अन्य व्यक्तिलाई पनि जानकारी हुन आवश्यक छ । यदि सम्बन्धीत अस्पतालले डेण्टल रेकर्ड राखेको खण्डमा पनि रेकर्ड खोज्न जान सकिन्छ ।

कस्तो छ नेपालको डेण्टल रेकर्डको अवस्था
अहिलेसम्म नेपालमा आधिकारिक रुपमा डेण्टल रेकर्ड राख्ने प्रक्रिया सुरु गरिएको छैन । नेपाल सरकारले पनि डेण्टल रेकर्डको महत्त्वको बारेमा कुनै पनि चासो दिएको पाइँदैन ।

डाक्टर सामरिक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको एक मात्र फरेन्सी डेण्टल चिकित्सक हुन् । हाल उनीलगायतको टिमले डेण्टल रेकर्ड राख्ने प्रक्रियालाई अगाडी बढाउने तयारी गरेका छन् । नेपाल मेडिकल काउन्सिलले पनि सबै मेडिकल रेकर्डलाई ५ वर्षसम्म सुरक्षित राख्नु पर्छ भन्ने नियम ल्याए हुँदा दाँतको रेकर्ड राख्नको लागि डा. सामरिकाको टिम लागि परेको हो ।

दाँत परीक्षणको लागि आएको बिरामीको पूर्जा दन्त चिकित्सक आफैले सुरक्षित राख्नुपर्ने र पछि बिरामीले खोजेको खण्डमा दिन सक्नु पर्ने चिकित्सकहरु बताउँछन् ।

देशभर तालिम दिन आवश्यक
विश्वमा मात्रै होइन, नेपालमा पनि दाँतबाट गरिने सनाखत प्रभावकारी हुँदै आइरहेको छ । दाँतबाट गरिने सनाखत हाल काठमाडौँको त्रि.वि शिक्षण अस्पतालबाट मात्रै हुँदै आइरहेको छ । नेपाल सरकारको सहकार्यमा देशभरको दन्त चिकित्सकलाई डेण्टल रेकर्ड र दाँतबाट गरिने सनाखतको बारेमा तालिम दिन सक्ने हो भने अझ प्रभाकारी हुने देखिन्छ ।

सरकारले सबै डेण्टल परिक्षणको कागजपत्र अथवा बिरामीसँगै पठाउने पूर्जालाई अस्पतालमानै राख्ने नियम बनाउँने हो भने अब पर्ने समस्यालाई समयमा नै पहिचान गर्न सकिन्छ ।

डेण्टल रेकर्ड कसरी राख्ने, दाँतबाट सनाखत कसरी गरिन्छ भन्ने विषयमा हरेक प्रदेशमा रहेका दन्त चिकित्सकको एक÷एक टोलिलाई तालिम दिने हो भने अझ प्रभाकारी हुने डाक्टर सामरिका बताउँछिन् । नेपालमा अहिलेसम्म आईसिआरसीको सहयोगमा एक पटक मात्रै ३० जना दन्त चिकित्सकलाई दाँतबाट गरिने सनाखतको बारेमा तालिम दिइएको छ ।
डेण्टल रेकर्ड नभएको खण्डमा स्पष्ट दाँत देखिनेगरी हाँसेको फोटो छ भने पनि फोटोबाट पनि सनाखत गर्न सकिन्छ ।

झन्झटिलो डिएनए
दाँतबाट गरिने सनाखतमा मिरर र टर्चलगायतका सामान प्रयोग गरिन्छ । फरेन्सी विभागमा शव ल्याएपछि फिङ्गरप्रिन्ट र डीएनए पठाइन्छ अनि दाँतबाट पनि सनाखत सुरु गरिन्छ । डिएनए परिक्षणको लागि ३० देखि ४० वटा नमुना एकै पटक परिक्षण गर्नुपर्ने हुन्छ जसको समय एक महिना लाग्छ भने एक पटक डिएनए रन गर्दा ८ लाख बराबरको खर्च हुन्छ । तर दाँतबाट गरिने सनाखतमा सबै भन्दा महत्वपूर्ण कुरा सनाखत गर्ने दन्त चिकित्सकमा क्षमता भएको खण्डमा खर्च लाग्दैन ।

यस्तो छ अन्तराष्ट्रिय अभ्यास
दाँतबाट गरिने सनाखतको अन्तराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने एसियामा नेपाल दोस्रो देश हो । नेपालमा दाँतबाट गरिने सनाखत धेरै प्रभावकारी भएको पाइन्छ । इन्डोनेसियाले पनि दाँतबाट गरिने सनाखत ५ वर्ष पहिला अर्थात् नेपालले सुरु गर्नुभन्दा दुई तीन वर्ष पछि सुरु गरिएको हो । तर ५ वर्षमानै इन्डोनेसिया सरकारले डेण्टल रेकर्ड राख्ने नियम बनाए पछि अहिले कुनै पनि दुर्घटना पछि निधन भएको व्यक्तिको डेण्टल रेकर्ड खोज्न परिवार जानु पर्दैन प्रहरीले नै डेण्टल रेकर्ड ल्याउने गरेको छ ।

एसियामा पहिलो पटक दाँतबाट गरिने सनाखत श्रीलंकामा सुरु भएको हो । श्रीलंकामा सुनामीको धेरै समस्या छ भने नेपालमा विभिन्न किसिमको दुर्घटनाबाट मानविय क्षति भइरहेको छ । सो समयमा निधन भएको व्यक्तिको दाँतबाट नै सनाखत हुँर्दै आइरहेको छ जसले गर्दा नेपाल श्रीलंकाभन्दा अगाडि देखिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE