लमही। प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ ।
दाङ क्षेत्र नं ३ (ख) बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण योग्दान गरेको भन्दै उनको योगदानस्वरुप स्मृति प्रतिष्ठान गठन गर्ने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । “पश्चिम दाङको विकासका लागि छोटो समयमै उत्तरकुमार ओलीको भूमिका महत्वपूर्ण छ,” उनले भने “उनको सम्मानस्वरुप प्रतिष्ठान बनाउने योजना बनाएका हौँ ।”
दङ्गीशरण गाउँपालिका–६ लेटार ओलीको सम्झनामा दाङको दङ्गीशरण गाउँपालिकाले उहाँको सालिक निर्माण गर्ने गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए। “हामीले पश्चिम दाङका समस्या केन्द्रसम्म पु¥याउने एउटा पुल गुमाएका छौँ,” उनले भने, “स्व ओलीको सम्झनामा गाउँसभा र कार्यपालिका बैठकबाट छलफल गरी सालिक निर्माण गर्नेछौँ ।”
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि स्व. ओलीको सपना साकार पार्न स्मृति वाटिका निर्माण गर्ने जनाएको छ । तुलसीपर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सांसद ओलीले अघि सारेका विकासका ऐजेण्डलाई समृद्धिका लागि अगाडि सारिने तथा उहाँको सम्झनामा स्मृति वाटिका निर्माण गरिने बताए । “ स्व. ओलीले पश्चिम दाङको विकासका लागि थुप्रै एजेण्डाहरु अघि सार्नुभएको थियो,” उनले भने, “तर उनले ती योजनाहरु पूरा गर्न पाउनु भएन, उब उनले अघि सारेका एजेण्डाहरु हामीले पूरा गर्नुपर्छ ।” उहाँले स्व। ओलीको निर्वाचन क्षेत्र तुलसीपुरका चारवटै वडामा तीनवटै सरकार मिलेर विशेष कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको समेत बताए ।
शान्तिनगर गाउँपालिकाले पनि स्व. ओलीले बनाएका महत्वपूर्ण एजेण्डाहरुलाई पूरा गर्ने गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । तत्कालीन नेकपा एमालेबाट २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका ओली २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा भने भारी मतान्तरले विजयी भएका थिए ।
विसं २०४१ मा जन्मिएका ओलीको सवारी दुर्घटनामा परी यही फागुन ९ गते निधन भएको थियो । माघ २४ गते घोराही–३ चिसापानी नजीकै ओली सवार कार र बस ठोक्ँिकदा दुर्घटना भएको थियो । दुर्घटनापश्चात् गम्भीर घाइते भएका ओलीको मेडिसिटी अस्पतालमा ललितपुरमा उपचारका क्रममा निधन भएको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: