कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ ।
भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गरेका थिए ।
भ्रमणका क्रममा उहाँले रु एक करोड ८४ लाख ७२ हजार रकम सङ्कलन गरेका थिए । भीमदत्त नगरपालिकाकाले मूर्ति निर्माणका लागि रु एक करोड उपलब्ध गराउने घोषणा गरेको छ ।
मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन वर्षभित्र निर्माण हुने मूर्ति निर्माणका लागि १२ हजार मजदूर आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ ।
अष्टधातुको नेपाल आमाको ७५ फिट लामो मूर्ति बनेपछि नयाँ पर्यटकीय गन्तव्य स्थल बन्ने र यस क्षेत्रको महिमा बढ्ने जगतगुरुले बताउनुभयो । तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ । मूर्ति निर्माण कार्यको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार एक समारोहबीच शुभारम्भ गरेका थिए।
साइकल यात्रीद्वारा अवलोकन
पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशभरका साइकल यात्री कञ्चनपुरका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा संलग्न भएका छन् । युथ स्पोर्टस क्लब धनगढीको आयोजनामा शुक्रबारदेखि शुरु भएको सुदूरपश्चिम साइकल यात्रा २०७५ अन्तर्गत चर्चित विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा यात्री कञ्चनपुर आइपुगेको हो ।
यात्रुले नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउनका लागि कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको भ्रमणमा लागेका छन् । यात्रामा संलग्न यात्रीले बेदकोट नगरपालिकाको पर्यटकीय क्षेत्र लिङ्गाको भ्रमण गरेका छन् ।
शनिबार यात्रीले भीमदत्त नगरपालिकाको जैविक मार्ग, बिष्णुधाम मन्दिर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको झोलुङ्गे पुललगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको क्लबका सदस्य जेपी चन्दले बताए। सुन्दर सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिनका लागि यहाँ आइपुगेको विश्व साइकल यात्री शाहले बताए ।
साइकल यात्राको माध्यमले पनि आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ उनले भने, “यहाँका सुन्दर पर्यटकीय क्षेत्रबारे अन्य क्षेत्रमा समेत जानकारी दिन्छौँ ।” पहिलोपटक देशभरका साइकल यात्रीलाई भेला गराएर साइकल यात्रा कार्यक्रम आयोजना गरिएको भने यहाँ पहिलोपटक हो ।
साइकल यात्रीले बिहीबार कैलालीको शिवपुरीधाम, जोखरताल, फिस रिसोर्टलगायत क्षेत्रको भ्रमण गरेका थिए । साइकल यात्रामा देशभरका ४० बढी साइकल यात्रीको सहभागिता रहेको छ । भीमदत्त नगरपालिका क्षेत्रका पर्यटकीय क्षेत्रको भ्रमणपछि यात्राको भीमदत्तनगरमा समापन गरिनेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: