Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कर्णाली डिजिटल बन्नेमा आशा पलायो - मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा आज (शुक्रबार) देखि शुरु भएको क्यान इन्फोटेकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताको हो । मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने कार्य अघि बढाएको छ ।

त्यसमा क्यानको साथ र सहयोग जरुरी छ ।’ विज्ञान र प्रविधिको विकास बिना अन्य विकासहरु अधुरा रहने भएकाले निर्माण भइसकेका वैज्ञानिक सामग्रीहरुको प्रयोग गर्दै अब कर्णाली प्रदेशमै नयाँ अनुसन्धान गरेर नयाँ आविश्कार गर्नु पर्ने बताउँदै मुख्यमन्त्री शाहीले डिजिटल प्रविधिको प्रयोग गरेर कामलाई सजिलो र छिटो बनाउने तर्फ लाग्नु पर्ने बताउनु भयो । सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म चुनौतिहरु कायम रहने भन्दै क्यानले आयोजना गरेको यस प्रदर्शनीले कर्णालीको प्रविधिमा टेवा पुग्ने विश्वास लागेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘म आफै पनि प्रविधि मैत्री व्यक्ति हुँ, तपाईहरु प्रविधिको विकासका लागि अघि बढ्नुहोस् कर्णाली प्रदेश साथ र सहयोग गर्न तयार छ ।’

यही फागुन २८ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकको मुख्यमन्त्री शाहीले औपचारिक उद्घाटन गरेपछि स्टल स्थलको उदघाटन नेपाली वैज्ञानिकहरुद्वारा निर्माण गरिएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरुको भीड लागिरहेको छ ।

कम्प्यूटर एशोसियसन नेपाल ९क्यान० महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा विशिष्ठ अतिथिको रुपमा आइपुग्नु भएका क्यान महासंघका केन्द्रिय अध्यक्ष हेमन्त चौराशीयाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजना बनाएर प्रविधिको विकासका लागि खेल्न थालेको भूमिकाको चर्चा गर्दै इन्फोटेकले उक्त कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । सहज, सरल र समुन्नत ढंगले अघि बढ्नका लागि प्रविधिलाई जीवनशैलीमा प्रयोग गर्नु पर्ने उनले सुझाए ।

आइएमइ पे मुख्य प्रयोजक रहेको उक्त इन्फोटेकमा भिष्टा सिसिटिभीले एशोसियट प्रयोजन गरेको छ भने अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले गरेको छ । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

इन्फोटेकका उद्देश्य बारे स्पष्ट पार्ने क्रममा आयोजक संस्थाका अध्यक्ष प्रेम प्रकाश चन्दले भन्नुभयो, ‘यस प्रदर्शनीलाई सुर्खेतको लागि सूचना, संचार र प्रविधिको ठूलो प्रदर्शनीका रुपमा लिएका छौं । यस प्रदर्शनीमा कर्णाली प्रदेश भित्रका १० वटै जिल्लाको सहभागीता रहेकाले करिब १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा लिएका छौं ।’ कर्णाली प्रदेशमा सूचना, संचार र प्रविधिमा जानकारी दिनुका साथै प्रचारप्रसारमा टेवा पु¥याउने, कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग गर्ने, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्न यसले मद्दत गर्ने, स्थानीय मुख्य ऐतिहासिक एवम् धार्मिक पर्यटकीय आकर्षण क्षेत्र लगायतलाई समेत प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पु¥याउने लक्ष्य लिएको चन्दको भनाई थियो ।

इन्फोटेकका मुख्य आकर्षकको रुपमा सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट हरेक दिन एकजनालाई रारा भिजिट, कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहिनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईने, सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था, अनलाईन टिकेटिङमा निशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपिएभी एन्टिभाईरस सित्तैमा प्रदान गरिने कार्यक्रमहरु रहेका छन् ।

इन्फोटेकको उद्घाटन कार्यक्रममा क्यान महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुवँर, महासचिव रञ्जित कुमार पोदार, सदस्य हर्क सेट्ठी, कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मी, क्यान कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, क्यानका जिल्ला शाखाहरुका अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: