Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओलीलाई चैत ५ मा जलविद्युतकाे सेयर दिने तयारी

काठमाडौँ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ३ बी (३७ मेगावाट)को पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ चैतमै दिने तयारी भएको छ । प्रधानमन्त्री ओलीले २ फागुनमा सो कार्यक्रमको घोषणा गर्दै ३५औँ दिनमा (७ चैत)मा आफूले कार्यक्रमअन्तर्गत अघि बढ्ने आयोजनाको पहिलो सेयर किन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, प्रधानमन्त्रीले घोषणा गरेभन्दा दुई दिनअगाडि नै सेयर किन्न पाउने भएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ओलीको सो प्रतिबद्धता पूरा गराउन पनि कार्यक्रमको कार्यविधि चाँडो बनाइएको कार्यक्रम संयोजन समिति सदस्यसचिव हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । उनका अनुसार कार्यक्रमका लागि आवश्यक कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘कार्यविधि निर्माण अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गर्ने तयारी छ ।’ मन्त्री पुन १२ सदस्यीय कार्यक्रम संयोजन समितिको संयोजक हुन् । कार्यक्रम घोषणा भएको भोलिपल्टै (३ फागुनमा) संयोजन समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कानुन हेर्ने सहसचिव तोयानाथ अधिकारीको संयोजकत्वमा कार्यविधि निर्माण कार्यदल गठन गरेको थियो । समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल, एचाइडिसिएलका सिइओ छविराज पोखरेल, नेपाल विद्युत् प्राधिकरणको कानुन विभागका निर्देशक बेलप्रसाद शर्मा सदस्य रहेका छन् । त्यस्तै, समितिले माथिल्लो त्रिशूली ३ बी आयोजनाको कार्ययोजना बनाउन ऊर्जा मन्त्रालयको नीति महाशाखाका सहसचिव (प्रवक्ता) प्रवीणराज अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलमा ऊर्जा मन्त्रालयका सहसचिव नवीनराज सिंह र विद्युत् उत्पादन कम्पनी लिमिटेडका कार्यकारी निर्देशक मोहनराज पन्त सदस्य छन् । तर, कार्यदल संयोजक अर्यालको कार्य व्यस्तताका कारण हाल सहसचिव सिंहको नेतृत्वमा त्रिशूली ३ बीको कार्ययोजना निर्माण अघि बढिरहेको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जा मन्त्रालयले आकर्षक देखिएका १९ वटा जलविद्युत् आयोजनामार्फत ३ हजार ४ सय ७९ मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्यक्रम अघि बढाएको हो । के छ बन्दै गरेको कार्यविधिमा ? एचआइडिसिएलका सिइओ छविराज पोखरेलका अनुसार जनताको जलविद्युत् कार्यक्रमको कार्यविधिले ५१ प्रतिशत सेयर सरकारी र ४९ प्रतिशत सेयर सर्वसाधारण रहने व्यवस्था गर्न लागेको छ । त्यस्तै, सर्वसाधारणले पाउने ४९ प्रतिशतमध्ये स्थानीय प्रभावितलाई १० प्रतिशत र बाँकी देशभरका सर्वसाधारणलाई ३९ प्रतिशत सेयर दिनेछ । आयोजना निर्माण सुरु भएपछि आफूले लिन चाहेको सेयरबापतको कुल रकममध्ये सुरुमा १० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएपछि बाँकी ९० प्रतिशत रकम भुक्तानी गरी सेयर प्रमाणपत्र दिने व्यवस्था गरिएको छ । सेयर प्रमाणपत्र नपाउन्जेलसम्मको अग्रिम भुक्तानीको १० प्रतिशत रकमको ब्याज भुक्तानीसमेत सर्वसाधारणले पाउनेछन् । सर्वसाधारणले प्रतिकित्ता १०० अंकित दरका सेयर कम्तीमा १० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको किन्न पाउनेछन् । सेयर किन्न मिल्ने कार्यविधि तयार भइसकेको छ छविराज पोखरेल, सदस्य सचिव, जनताको जलविद्युत् कार्यक्रम संयोजनन समिति जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १९ आयोजना अघि बढाउनल लागिएको छ । आकर्षक देखिएका यी आयोजनामध्ये ३७ मेगावाटको माथिल्लो त्रिशूली ३बी पहिलो चरणमा अघि बढाउन लागिएको छ । कार्यक्रम अघि बढाउन आवश्यक कार्यविधिको मस्यौदा निर्माण भइसकेको छ । आइतबार ऊर्जामन्त्रीज्यूलाई बुझाउने कार्यक्रम छ । कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्रीज्यूले ७ चैतमा पहिलो सेयर किन्ने प्रतिबद्धतासमेत जाहेर गरिसक्नुभएको छ । त्यसैअनुसार ५ चैतमै सेयर किन्न मिल्ने गरी कार्यविधि निर्माणलगायत आवश्यक तयारी अघि बढाइरहेका छौँ । सेयर खरिद गरेबापतको रकम दुई किस्तामा भुक्तानी गर्न पाइने र प्रमाणपत्र नपाउन्जेलसम्म सुरुमा गरिने १० प्रतिशत भुक्तानी रकमको ब्याजसमेत पाइने भएकाले यो कार्यक्रममा आमसर्वसाधारणले राम्रो सहभागिता जनाउनुहुन्छ भन्ने अपेक्षा छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE