Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

नेता अधिकारीको निधनमा ओली र प्रचण्डद्वारा दुःख व्यक्त (शोक व्यक्तव्यसहित)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भरतमोहन अधिकारीको निधनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् ।

ओली र प्रचण्डले एक संयुक्त शोक वक्तव्य जारी गर्दै अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छन् ।

विज्ञप्ति हेर्नुहोस्ः

शोक वक्तव्य
(केन्द्रीय सचिवालयबाट पारित)

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउप्रधानमन्त्री कमरेड भरतमोहन अधिकारीको हिजो राती ९.३५ बजे काठमाडौँस्थित ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको छ । पार्टी निर्माण, लोकतान्त्रिक संघर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता गुमाउनुपर्दा हाम्रो पार्टी मर्माहत भएको छ ।

विक्रम् सम्बत् १९९३ बैशाख २२ गते महोत्तरीको भवरपुरा गाउँमा आमा पूर्णकुमारी अधिकारी तथा बुबा रामचन्द्र अधिकारीबाट जन्मिनुभएका कमरेड भरतमोहन अधिकारीले आफ्ना दाजु मनमोहन अधिकारीको अगुवाइमा विराटनगर जुट मिल्स क्षेत्रमा भएका राजनीतिक क्रियाकलापलाई सानै उमेरदेखि नजिकबाट देख्न÷जान्न पाएका कारण आफूलाई राजनीतिमा संलग्न गराउनुभएको थियो । १६ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका उहाँले २०१४ सालमा काठमाडौँको फोहरा दरबारमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा बनारसबाट प्रतिनिधित्व गर्नुभएको थियो भने ०१९ मा आयोजित तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन हुनुभएको थियो ।

कम्युनिस्ट आन्दोलनलाई जोगाउन र अघि बढाउन सक्रियतापूर्वक लाग्नुभएका उहाँले पूर्व कोशी प्रान्तीय कमिटीको नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै ०२८ सालमा केन्द्रीय न्युक्लियस सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । ०३५ सालमा कमरेड मनमोहन अधिकारीको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरोमा रहनुभएका उहाँ ०४३ मा कमरेड साहना प्रधानले नेतृत्व गरेको नेकपा ९पुष्पलाल समूह० सँग एकतापछि निर्मित नेकपा ९माक्र्सवादी० को पनि पोलिट्ब्युरो सदस्य रहुनुभएको थियो । ०४६ सालको जनआन्दोलन सफल पार्न सात कम्युनिस्ट पार्टीद्वाारा गठित २१ सदस्यीय वाममोर्चाको सदस्यका रुपमा उहाँले जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

०४७ मा तत्कालीन नेकपा ।९माले० र नेकपा ९माक्र्सवादी० बीच एकता गरी नेकपा ९एमाले० निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कमरेड अधिकारी ०७१ मा पार्टीको सक्रिय राजनीतिबाट विदा नलिँदासम्म स्थायी कमिटी सदस्य रहनुभएको थियो । पार्टीमा रहँदा उहाँले केन्द्रीय अर्थ तथा योजना, आर्थिक, उद्योग, संसदीय र अनुगमन विभागका साथै पूर्वाञ्चल क्षेत्र समन्वय कमिटी जस्ता पार्टी कामको नेतृत्व गर्नुभएको थियो ।

सबैसँग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका राख्नुहुने कमरेड भरतमोहन अधिकारीले राजकीय क्षेत्रमा निर्वाह गरेको भूमिका महत्वपूर्ण छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा मोरङ– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कमरेड अधिकारी ०७० सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य हुनुभएको थियो । संसद्भित्र उहाँले अनुभवी सांसदका रुपमा काम गर्नुका साथै पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । ०५१ सालमा गठित पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रुपमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, जेष्ठ नागरिक सम्मान जस्ता लोकप्रिय कार्यक्रम अघि सारेर जनविश्वास हासिल गर्नमा उहाँले निर्वाह गरेको भूमिका जनस्तरमै स्थापित छ । ०४७ सालमा संविधान सुझाव आयोगको सदस्य रहनुभएका कमरेड भरतमोहन अधिकारीले ०६३ मा अन्तरिम संविधान र ०७२ मा संविधानसभाबाट नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

कमरेड अधिकारीले ०५१ र ०५५ सालमा अर्थमन्त्री, ०५३ सालमा निर्माण तथा यातायातमन्त्री तथा ०६१ र ०६७ सालमा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी बहन गर्नुभएको थियो ।

कमरेड भरतमोहन अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु(याउनुभएको योगदानको उच्च सम्मान गर्दै हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, शोकको यस घडीमा उहाँकी जीवनसंगिनी कमरेड सविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायतका परिवारका सदस्यहरु र आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष अध्यक्ष

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending