Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेकपाका सदस्यलाई प्रहरीले गिरफ्तार गरी नजरबन्द, बेपत्ता बनाउन खोजेको नेकपाको आरोप

बुटवल। बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टीको जिला सदस्य युवराज न्यौपानेलाई प्रहरीले बेपत्ता पारेको दावी गरेको छ ।

गत फागुन १४ गते राती ८ः३० बजे बुटवलको देविनगरबाट सेतो भ्यानमा आएका आफुहरुलाई राष्ट्रिय अनुसन्धान केन्द्रिय ब्युरोबाट आएको बताउने १२ जना सिभिल प्रहरीले उनलाई उनले चड्ने गरेको मोटरसाइकल सहित गिरफ्तार गरेको तर वडा प्रहरी कार्यालय, ईलाका प्रहरी तथा जिल्लामा बुझ्दासमेत कसैले पनि आफुहरुले नल्याएको बताएपछि उनलाई बेपत्ता पारिएको नेकपाले दावी गरेको हो ।

गिरफ्तार गरिएका युवराज न्यौपानेएक विज्ञप्ती जारी गर्दै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज शरद ओलीले, आफ्नो पार्टीका जिल्ला सदस्य युवराज न्यौपानेको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘आफैंले बनाएको संविधानले लागू गरेको सुचनाको हकसमेत प्रदत्त नगरी नजरबन्द गर्ने गैरकानुनी काम गरेकोले तत्काल हाम्रो कमरेडको अवस्था सार्वजनिक गर्न माग गर्दै ओली –प्रचण्ड सरकारको गृहप्रशासनले विनाकारण गिरफ्तार गर्ने, धरपकड, खानतलासी तथा मानसिक यातना दिने जस्तो अमानवीय र गैरराजनीतिक क्रियाकलाप गरिएको प्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।’विज्ञप्तीमा मानवअधिकारवादी, पत्रकार, नागरिक समाज तथा सम्बन्धित निकायहरुलाई अवस्था सार्वजनिक तथा तत्काल रिहा गर्न पहल गर्न समेत आग्रह गरिएको छ ।पछिल्लो समय एनसेललाई कारबाही गरेपछि नेकपाका नेताहरुलाई गृहमन्त्रालयको निर्देशनमा समात्ने गरिएको छ । समातेर सार्बजनिक नगर्ने नागरिक स्वतन्त्रताको हक समेत प्रहरीले ख्याल नगरेको र नजरबन्दमा राख्न नपाउने मानवअधिकारबादीहरु बताउछ्न ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending