Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

प्रतिनिधिसभा निर्वाचन: विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

खबरडबली संवाददाता

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।

जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।

यसैबिच, निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन् भने ६५४ जना कर्मचारी निर्वाचनका लागि परिचालन भएका छन् । जिल्लामा कुल मतदाता ७१ हजार ७३९ जना रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको सुरक्षा प्रबन्धलाई चुस्त र प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिने प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

उनका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिनेछन् । निर्वाचन प्रहरी पहिलो तहको सुरक्षा घेरामा, दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् ।

बागलुङमा मतदानस्थलमा खटिए कर्मचारी

बागलुङमा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा १०७ मतदातस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख सीता शर्मा अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी, सुरक्षाकर्मीको टोलीसहित निर्वाचन सामग्री एकसाथ पठाइएको हो । सोमबार साँझसम्म सबै मदनास्थलमा कर्मचारी पुगिसकेका जनाउँदै उहाँले निर्वाचन क्षेत्र नं १ मा ११५ मतदान केन्द्र र २ मा ११५ केन्द्र तोकिएको बताउनुभयो । यहाँ दुई अस्थायी मतदान केन्द्र पनि कायम गरिएको उहाँको भनाइ छ । बागलुङमा एक लाख ९३ हजार ३८१ जना मतदाता छन् ।

मुस्ताङमा पनि सबै तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा सबै तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने कर्मचारीलाई ५१ प्रकारका निर्वाचन सामाग्रीसहित सम्बन्धित निर्वाचन केन्द्रमा खटाइसकेको हो । माथिल्लो र तल्लो मुस्ताङसहित ३९ वटा मतदान केन्द्रका लागि कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत दीपेन्द्र पौडेलले जानकारी दिए ।

यसैबिच मुस्ताङका ३९ वटै मतदान केन्द्रमा सडकको पहुँच पुगेकाले मतदान कार्यक्रम र निर्वाचन सुरक्षाका लागि कुनै किसिमको असहजता नहुने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । सोमबारदेखि हिमपात रोकिएपछि अवरुद्ध साङ्ता मतदान केन्द्रको सडक पनि सञ्चालन भएकाले मतदान तथा मतपेटिका सदरमुकाम ढुवानी गर्नमा समस्या नरहने उनले बताए ।

त्यसैगरी, रौतहटका चार वटै निर्वाचन कार्यालयले वितरण गरेका निर्वाचन सामग्री जिल्लाभरिका मतदान केन्द्रमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार रौतहटका चार वटा निर्वाचन क्षेत्रका ५४१ वटा मतदान केन्द्रमा मतपत्र, मतदान गर्ने बक्सासहित सम्पूर्ण सामग्री पुगेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रौटहटमा तीन हजार २४६ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । यहाँ २७७ वटा मतदानस्थल तोकिएका छन् । यहाँ चार लाख ३६ हजार ६११ जना मतदाता छन् ।

त्यस्तै, मोरङका छ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिकासहितका निर्वाचन सामग्री पुगिसकेका छन् । मोरङका ३०६ मतदानस्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी खटिएका प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दङ्गालले जानकारी दिए ।

जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारीको प्रबन्ध गरिएको प्रदेश निर्वाचन अधिकारी दङ्गालले बताए । उनले भने, “तारजाली घेरेर, सिसीटिभी राखेर मतगणनाको लागि तयारी सुरु गरिएको छ ।”

भोजपुरका १६१ मतदान केन्द्रमा ९६० जना कर्मचारी खटिए

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भोजपुर जिल्लामा ९६० जना कर्मचारी परिचालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार अस्थायी र स्थानीय गरी १६१ मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये १५९ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित प्रतिकेन्द्र छ जनाका दरले कर्मचारी खटाइएको छ ।

त्यस्तै दुई अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित प्रतिकेन्द्र तीन जनाका दरले कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए । खटिएका कर्मचारी तोकिएका स्थानमा जाने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदाता पहिचान, मतगणनालगायत विषयमा कर्मचारीलाई स्पष्ट निर्देशन दिइएको कार्यालयले जनाएको छ ।

यसैबिच, निर्वाचनलाई लक्षित गरेर यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन फागुन २२ गतेसम्म मदिरा बिक्री वितरण निषेध गरिएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending