Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

मन्त्री अधिकारीको सपना पूरा गर्ने प्रतिबद्वता गर्दै मेयर रेणुले भनिन् 'मलाइ एक महिनामा ६ पटक फोन गर्नुभयो'

चितवन। पछिल्लो एक महीनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गरे ।

मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै बुधबार उनको स्वर्गारोहण भयो । मन्त्री अधिकारीको सोे सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफै लागिपर्ने बताउछिन् । उनी भन्छिन् “ मन्त्री अधिकारीको चासो, चिन्ता र हाम्रो आवश्यकता पूरा गर्न अब हामी लाग्नुपर्छ ।” नगरप्रमुख दाहाल भन्छिन्, “१५ दिनयता उहाँ स्वयंले मलाई पाँच÷छ पटक टेलिफोन गर्नुभयो । विमानस्थल विस्तारका लागि रक्षा मन्त्रालयसँग पनि लगभग सहमति भएको बताउनु भएको थियो ।”

उनी जोड दिन्छिन, “मन्त्रीज्यूले यो विमानस्थल विस्तार गर्न चासो देखाउँदै प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोली समेत पठाउनु भएको थियो ।” दाहालका अनुसार मन्त्री अधिकारीले पटक पटकको टेलिफोनमा जसरी पनि विमानस्थल विस्तार गर्नुपर्नेमा जोड दिँदै आवश्यक निर्णय र कागजपत्र पठाउन सुझाव पनि दिएका थिए ।

मन्त्रीको चासो र चिन्ता देखेर आफूलाई पनि काम गर्न उत्साह मिलेकामा यस दुखद घटनाले उनको यो सपनालाई पूरा गराउन आफू लागिपर्ने महानगरप्रमुख दाहालको भनाइ छ ।

भरतपुर विमानस्थलको धावनमार्गको पूरै भाग प्रयोग गर्न नमिले पनि यो विमानस्थललाई तराईको लुक्ला भनेर चित्रण गरिँदै आए पनि समय समयमा विमान उडान र अवतरणमा समस्या देखिँदै आएको छ । गत माघ १९ गते मन्त्री अधिकारी विमानबाट यहाँ अवतरण गर्न खोज्दा कठिन भएको थियो । विमानले दिशा परिवर्तन गरी अवतरण गर्नुपरेको थियो ।

नागरिक उड्डयन प्राधिकरण भरतपुर शाखा प्रमुख पवनकुमार गौतमका अनुसार विमान अवतरण गर्न नसकेपछि मन्त्री अधिकारीले पछिल्लो समयमा चितवन आउँदा निकै डर लागेको बताएका थिए । मन्त्रीलाई उद्धृत गर्दै उनी भन्छन्, “मेरै छाती ढक्क फुल्यो, जसरी पनि विमानस्थलको विस्तार गर्नुपर्छ ।”

सोही समयमा मन्त्री अधिकारीको उपस्थितिमा महानप्रमुखसहित सुरक्षा निकायको संयुक्त बैठकमा उनले विमानस्थल विस्तारका लागि निर्देशन दिएका थिए । सोहीअनुसार प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोलीले स्थलगत अध्ययन पनि गरेको थियो ।

विमानस्थल निर्माणका लागि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषय छुट्याएर कामसमेत अघि बढाइएको शाखा प्रमुख गौतम बताउछतन्। मन्त्री अधिकारीले भरतपुर विमानस्थल नजिकै रहेको सैनिक गण हटाएर भए पनि धावनमार्ग विस्तार गर्नुपर्ने सुझव दिनुभएको उनको भनाइ छ । मन्त्री अधिकारी काठमाडौँ फर्किएपछि पछिल्लो समय आफूसँग पनि निरन्तर फोन सम्पर्क भएको शाखा प्रमुख गौतम जानकारी दिन्छन् ।

जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ । उहाँका अनुसार हाल धावनमार्ग एक हजार २०० मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग गर्नुपरको छ । धावनमार्ग पूरा प्रयोग गर्न नपाउँदा जहाजलाई सहज उडान र अवतरण गर्न कठिन हुनाका साथै सिट क्षमता अनुसारको यात्रु बोक्न पनि कठीन हुँदै आएको छ । सहज रूपले उडान र अवतरण हुन नसक्दा विमानका पाटपुर्जामा समेत असर पारेको गनासो आएको छ । विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विमानस्थल विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको शाखा प्रमुख गौतम बताउछन् ।

विमानस्थल विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी भएकोे छ । यसका लागि ८०० देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने भएको छ ।

विसं २०१५ मा उक्त विमानस्थल निर्माण गरिएकामा हवाई विभागले २०१८ साल मङ्सिर १२ गतेदेखि हवाई उडान थालेको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका समयमा निकै चाप ब्योहोर्नु परेको यस विमानस्थलबाट हाल नौ वटा उडान काठमाडौँका लागि र एउटा उडान पोखराका लागि गरिँदै आएको छ । विमानस्थलले दैनिक ७५० देखि ८०० लाई सेवा दिँदै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending