Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

असुरक्षित भर्गपतन रोक्न चेतना वृद्धिमा जोड

डोटी । जिल्लामा सुरक्षितरूपमा गर्भपतन गराउन जनचेतना अभिवृद्धि गर्न सरोकारवाला निकायले जोड दिएका छन् । आइपास नेपालको सहयोगमा जिल्ला समन्वय समिति डोटीले सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

असुरक्षित गर्भपतनका कारण महिलाले नै जोखिम मोल्नुपर्ने अवस्था रहेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताइन् । “गर्भपतन भन्ने बित्तिकै महिलाको सवाल हो, तर पुरुष पनि जिम्मेवार हुनुपर्छ”, उनले भनिन्, “पुरुषको सहमति नहुँदा महिलाले स्वेच्छाले केही गर्न सक्दैनन्, पुरुषकै दबाब र करकापमा परी महिला गर्नपतन गराउन बाध्य छन् ।”

असुरक्षित गर्भपतनलाई सुरक्षित बनाउन र सकभर परिवार नियोजनका साधन प्रयोग गरी गर्नपतन गराउनु हँुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। उनले भने, “गर्भपतन गराउन पाइन्छ वा पाइँदैन भन्ने कुराको सबैलाई ज्ञान छैन, यो विषयमा सबैलाई ज्ञान हुन आवश्यक छ ।”

जिल्लामा निजी मेडिकलबाट गर्भपतन गराउने औषधि सहजै पाइने भएकाले त्यसको रोकथाम गरिनुपर्ने सहभागीको माग थियो । “औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले मेडिकलमा गई अवैधरूपमा गर्भपतन गराउनेको सङ्ख्या बढेको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए।

सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाको दक्षता अभिवृद्धि तथा जनचेतनाका लागि कार्य गर्दै आएको जिल्लामा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका संयोजक दीपा सिंहले बताइन् । जिल्ला अस्पताल डोटीका एमडीजिपी डा ग्रीस अवस्थीले असुरक्षितरूपमा औषधि खाइसकेपछि ज्यान जोखिममा परेका महिला पनि स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउने गरेको बताए । “पटक–पटक गर्भपतन गराउने पनि छन्”, उनले भने, “असुरक्षितरूपमा औषधि खाएर समस्या भएपछि अस्पताल आउने महिलाको सङ्ख्या बढी छ ।”

जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र करीब एक हजार ८९ महिलाले स्वास्थ्य संस्थामा गर्भपतन गराएका छन् । जसमध्ये ३८३ ले जिल्ला अस्पतालबाटै गर्भपतन गराएका छन् । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending