Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

एकाएक राजधानीमा त्रास निम्तियो , नख्खुमा बम विष्फोट र नक्सालमा बम फेला

काठमाडौं । व्यस्त शहरी दैनिकी । सवारीको चहल पहल उस्तै । शान्ति सुरक्षाको हिसावले शान्त र खतरामुक्त । शुक्रबार बेलुकी साँढे आठ बजेसम्म देशको मुख्य राजधानीको ताजा अबस्था यस्तै थियो । तर त्यसपछिको अबस्थाले अर्कै रुप लियो । राजधानीबासीमा त्रास निम्त्यायो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - ललितपुरको नख्खुमा भएको बम विष्फोट र राजधानीकै नक्सालमा फेला परेको बमले गर्दा राजधानीबासी एक्कासी आक्रान्त बने । नक्सालमा फेला परेको बम सेनाले निस्कृय पारे पनि नख्खुमा विष्फोटनै भयो । मानबीय क्षती नै हुन पुग्यो । एनसेलको मुख्यालयलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम पड्किँदा ३ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भिर घाइते भएका एकको उपचारको क्रममा मृत्युसमेत भएको छ भने अन्य दुईको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । विष्फोटमा परी घाइते बनेका लमजुुङका सिंहप्रसाद गुरुङको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । ४९ वर्षीय गुरुङ सिंगापुरे लाहुरे भएको खुलेको छ । उनी ३ वर्षअघि सिंगापुर प्रहरीबाट अवकास पाएर स्वदेश फर्केका थिए । गुरुङको दुबै खुट्टामा गम्भिर चोट लागेको, कम्मरका हड्डीहरु भाँचिएको र रगत बग्ने ठूला नसाहरु काटिएकोले अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको अस्पतालले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending