Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

करिनाले प्रियंकालाई औंला उठाउँदै भनिन्, ‘आफ्नो धरातल नबिर्सिउ’

एजेन्सी । च्याट शो कफी विद करणको सिजन सिक्सको अर्को एपिसोडमा करण जोहर करिना कपुरसँग सवाल–जवाफ गरिरहेको देख्न सकिन्छ । करिनासँगै प्रियंका चोपडा पनि हुनेछिन् । निर्माताले सोसल मिडियामा कार्यक्रमको प्रोमो जारी गर्दै यसबारे जानकारी दिएका हुन् । यो कार्यक्रमको १९ औं एपिसोड हुनेछ र अर्को आइतबार अर्थात् फेब्रुअरी २४ मा प्रशारण हुनेछ । प्रियंकालाई थाहा छैन वरुणकी प्रेमिकाको नामः कार्यक्रमको क्रममा करणले प्रियंकालाई वरुण धवन को सँग डेटिङ गरिरहेका छन् भनेर सोध्छन् । यसको जवाफमा प्रियंका भन्छिन्, ‘मलाई थाहा छैन ।’ प्रियंकाको यस्तो जवाफमा करिना जिल पर्छिन् र सोध्छिन्, ‘के साँच्चै नै तिमीलाई वरुणले कसलाई डेट गरिरहेका छन् भन्ने थाहा छैन ?’ प्रियंकाले ‘छैन’ भन्छिन् । तब करिना भन्छिन्, ‘ओहो, अब तिमी हलिउड नायिका भयौ । अब तिमीले भन्लाउ कि ‘को हो त्यो हँ ?’त्यसपछि उनले हाँस्दै औंला उठाउँदै भनिन्, ‘डोन्ट फर्गेट योर रुट (आफ्नो धरातल नबिर्सिउ) ।’करिनाले यस्तो भनेपछि प्रियंका आफू बसेको सोफामाथि टाउको अड्याएर बेस्सरी हाँस्छिन् । विवाह गर्नु अघि गुगल सर्च गरिनँः क्विज राउन्डको क्रममा करण प्रियंकालाई जोनस ब्रदर्सको पहिलो एल्बमको नाम के हो भनेर सोध्छन् तर उनलाई यो पनि थाहा भएन । करिनाले पुनः हाँस्दै प्रश्न सोध्छिन्, ‘तिमीलाई कसरी थाहा नहुन सक्छ ?’ यसमा प्रियंकाले भन्छिन्, ‘किनभने मैले निकसँग विवाह अघि उनीबारे गुगल सर्च गरेको थिइनँ ।’ ग्रीसमा गरिएको थियो करिना–प्रियंकालाई प्रपोजः कार्यक्रमको क्रममा करण जब करिनालाई सैफले तपाईंलाई कहाँ प्रपोज गरेका थिए भनेर सोध्छन् । यसको जवाफमा करिनाले ‘ग्रीस’मा भन्छिन् । करिनाले यत्ति भन्नेबित्तिकै उनको कुरा बीचमै काटेर प्रियंकाले निकले पनि आफूलाई ग्रीसमा नै प्रपोज गरेको बताउँछिन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending