Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

सम्मानजनक व्यवहार गर्न श्रम गर्ने गायिकाको माग

काठमाडौँ। बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उनका दुई छोरी भए । छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुगिन् । अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उनले एक रोधीमा वेटरको रुपमा काम शुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी सिकेर दोहोरी गायिका पनि भइन् । कामबाट राम्रै पारिश्रमिक आएपनि छोरीका लागि समय नभएपछि साथीको घरमा छोरी जिम्मा लगाएर काममा जान थालेकि उनले भनिन्, “हाम्रो कामकै कारण हाम्रो सन्तान समेत सुरक्षित छैनन् भने राज्यले हामीलाई सुरक्षा दिने कहिले” आफू मनोरञ्जन क्षेत्रको श्रमिक भएकै कारण आफ्ना छोरीसमेत सम्मानित नभएको उनको गुनासो थियो । नयाँ व्यक्तिले रोधी चलाउने भनेर उनीलगायत अन्य साथीलाई केही समयपछि पुनःबोलाउने बहानामा तीन महीनाको पारिश्रमिक समेत नदिइ पठाइयो । केही समयपछि रोधीका लगानीकर्ताले उनलाई उसैसँग बस्न भनी बोलायो तर उसको नियत ठिक नभएकाले थापाले इन्कार गर्नुभयो । त्यो घटनाले उनलाई न त काममा बोलाइयो न त काम गरेबापतको पारिश्रमिक नै दिइयो । काममा बोलाउला भन्ने आशैआशमा थापाले अन्य ठाउँबाट आएको कामको प्रस्ताव समेत मानेकि थिइनन् । उनले श्रम विभागमा आफूले काम गरेको पारिश्रमिक पाउन भनी मुद्दा समेत दायर गरेपनि अहिलेसम्म पारिश्रमिक अझै पाउन सक्नुभएको छैन । “कि त हामीलाई कामको सुनिश्चितता चाहियो, होइन भने हाम्रो पारिश्रमिक समयमा नै दिनुप¥यो”, थापाको आक्रोस थियो । हाल उनी काठमाडौँकै एक रोधीमा काम गछिृन्। त्यसैगरी पोखराको एक स्पामा काम गर्दै आएकी २४ वर्षीय शर्मिला श्रेष्ठ आफूले यस क्षेत्रमा काम गर्दै जाँदा आफूमाथि धेरै नै शोषण भएको बताइन् । एकातिर परिवारको आर्थिक समस्या अर्को मासिक रु आठ हजार पारिश्रमिक मात्र । त्यसमाथि भनेको समयमा तलब नपाइने । अर्को समस्या त समाजले आफूमाथि हेर्ने दृष्टिकोण पनि नराम्रो । स्पामा काम गर्ने केटी भन्नेवित्तिकै सबैले चरित्रहीन जस्तै व्यवहार गर्ने गरेको उनको गुनासो थियो । श्रेष्ठले प्रश्न गरे, “हामीलाई पनि अन्य क्षेत्रमा काम गर्ने मानिस सरहको सम्मानजनक व्यवहार कहिले गरिन्छ।” चाहेर पनि आफू यस दलदलबाट निस्कन नसकेको उनको भनाइ थियो । विशेषगरी मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक शोषण त छ नै अर्कोतिर उनीहरू यौन शोषणका शिकार पनि बनिरहेका छन् । बुटवलको एक रोधी घरमा काम गर्दै आउनुभएकी रमिला मोक्तान आफू मनोरञ्जन क्षेत्रमा काम गरेकै कारण कोठा पाउनसमेत गाह्रो हुने गरेको दुखेसो पोखिन् । उनले भनिन्, “बस्नको लागि कोठा भाडामा त पाइन्छ, तर राति अबेलासम्म काम गर्नुपर्ने हुँदा घरबेटीले ढोका नै खोलिदिँदैनन् ।” मनोरञ्जन क्षेत्रमा काम गर्ने भन्नेवित्तिकै समाजको मात्र नभइ ग्राहकको समेत गलत नजर हुने गरेको उनले बताइन् । सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने कामदारका लागि पनि अन्य काम गर्ने व्यक्ति सरह नै सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै आए पनि अहिलेसम्म सो व्यवहार नभएको उनीहरुको गुनासो थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending