विराटनगर । कोशी प्रदेश सरकार आफ्नै सत्ता गठबन्धनका सांसदहरूको असन्तुष्टिका कारण दबाबमा परेको छ। बजेट असन्तुलित रहेको आरोप लगाउँदै एमाले र नेपाली कांग्रेसका ३० भन्दा बढी प्रदेशसभा सदस्य बजेट पुनर्लेखनको मागसहित हस्ताक्षर अभियानमा जुटेका छन्।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएर बजेट विनियोजन गरेको आरोप लगाउँदै सांसदहरूले बजेट सच्याउन माग गरेका हुन्। उनीहरूले बजेट पुनर्लेखन नभए पारित हुन नदिने चेतावनीसमेत दिएका छन्।
एमालेका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकराज कार्कीले बजेटमा सन्तुलन कायम गर्नुपर्ने बताए। उनका अनुसार मन्त्रीहरूले आफ्नो क्षेत्रमा बढी बजेट केन्द्रित गर्दा अन्य क्षेत्र उपेक्षामा परेका छन्।
बजेट पुनर्लेखन अभियानको नेतृत्व एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य होम थापाले गरिरहेका छन्। कांग्रेसका पूर्वमन्त्री हिमाल कार्की र भूपेन्द्र राईसहित सत्ता गठबन्धनकै अन्य सांसद पनि अभियानमा सहभागी छन्।
सांसदहरूका अनुसार बजेट निर्माणअघि प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोड रुपैयाँ बराबरका योजना सिफारिस गर्न भनिएको थियो। तर अन्तिम बजेटमा उनीहरूले सिफारिस गरेका धेरै योजना हटाएर मन्त्रीहरूको निर्वाचन क्षेत्रमा बजेट थपिएको दाबी गरिएको छ।
रातो किताब सार्वजनिक भएपछि केही जिल्लामा अत्यधिक बजेट थुप्रिएको र कतिपय निर्वाचन क्षेत्र उपेक्षित भएको भन्दै असन्तुष्टि चुलिएको हो। बजेट संशोधनको माग पूरा नभए सरकारलाई बजेट पारित गराउनै कठिन पर्ने देखिएको छ।
हाल कोशी प्रदेशमा एमाले–कांग्रेस गठबन्धनको सरकार छ। मुख्यमन्त्री हिक्मत कार्कीसहित पाँच मन्त्रालय एमालेको नेतृत्वमा छन् भने चार मन्त्रालय कांग्रेसले सम्हालिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: