Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जो फोहोरको डंगुरमा भेटिएका थिए

ललितपुर । करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो। र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो। डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे। ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन्। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न लियो। त्यति मात्र होइन, उनको नामकरण पनि गरिदियो— भविष्य। अहिलेसम्म ती बालककी आमा भेटिएकी छैनन्। तर, फोहोरको थुप्रोमा भेटिएकै दिनदेखि भविष्यकी आमाको जिम्मेवारी सम्हालेकी छन्, पोखरेलले। बालकको रेखदेख एवं पालनपोषण गरिरहेकी उनी कहिलेकाहीँ राति सुत्न पनि पाउँदिनन्। ‘यसले चिसोभरि सुत्नै दिएन, काखे बानी परेको छ’, उनले भनिन्, ‘बिहान ५ बजे मात्रै एकछिन सुत्छु।’ सुरुमा कालो वर्णका भविष्य सुन्दर भएका छन्। उनलाई श्रीपञ्चमीको अवसरमा पोखरेलले अन्नप्रासन गराइन्। ‘थाहै नपाई पाँच जना बच्चा हुर्काइछु, आफैंलाई पत्यार लाग्दैन’, उनले भनिन्। यतिबेला उनका सात जना छोराछोरी छन्। केही बच्चा सडकमा भेटिएका र केही मानसिक सन्तुलन गुमाएका महिलाबाट जन्मिएका हुन्। दुई जना भने संस्थामै जन्मिएका हुन्। बच्चाहरूकी आमा बनेकी पोखरेल ‘आमाहरूकी पनि आमा’ हुन्। मानसिक सन्तुलन बिग्रिएका २९ जना महिलाकी पनि उनी आमा हुन्। हुन त ती महिला पोखरेलकै आमासरहको उमेरका छन्। तर, उनीहरू पोखरेललाई ‘आमा’ भनी सम्बोधन गर्छन्। आमाहरूकी पनि आमा बन्न पाउँदा आफूलाई गर्व लागेको उनी बताउँछिन्। संस्थाले मानसिक अवस्था ठीक नभएका १२ जना पुरुषलाई पनि सहारा दिएको छ। उनीहरू बडिखेलमा बस्छन्। मानसिक अवस्था ठीक नभएकाले प्रत्येक दिन केही न केही समस्या दिन्छन्। महिला र पुरुष एकै ठाउँमा राख्न सक्ने अवस्था नभएपछि १२ जना पुरुषलाई बडीखेलको एक होस्टलमा राखिएको छ। उनीहरूको रेखदेख र खानपिन गराउने जिम्मा संस्थाले लिएको छ। बालबालिका र महिला राखिएको ठाउँ १३ नम्बर वडामा पर्छ। यहाँको जग्गा मासिक २५ हजार रुपैयाँ तिरेर भाडामा लिइएको छ। चार जना बच्चा विद्यालय जान थालेका छन्। महिलाको दिनहुँ औषधि, मानसिक समस्याको उपचार, खानपिनमा निकै खर्च भइरहेको छ। दाताले सहयोग गरिरहे पनि आर्थिक रूपमा अप्ठ्यारो परेको संस्थाका सदस्यले बताएका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending