Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

दुर्घटनामा परेका डम्बरलाई गोमा भुजेलको नेतृत्वमा आर्थिक सहयोग

काठमाडाैं । रामप्रसादराई गाउँपालिका वडा नं.४ दलगाउँ भोजपुर भुजेल डाँडाका तथा भुजेली थान निर्माण समितिका सक्रिय सदस्य डम्बर बहादुर भुजेल माघ १३ गते आईतबार ज्यालादारी काम ढुङ्गा फोर्ने क्रममा भिरले किच्चाएर गम्भिर घाईते भएका छन् ।  घाइते भुजेको आर्थिक स्थिति दहनिय भएकाले उपचार गर्नका लागि सहयोगको अपिल सहित अनलाइन खबर, खबर डबलीमा फुलु भुजेलले प्रकाशित गरेकाे समाचार तथा भुजेली थान संरक्षण समितिले फेसबुकमा हालेको खबर सहयोगी मनहरुमा पुगेको छ ।  आज इजरायलमा बसोबास गर्ने व्यक्तित्वहरुले रकम संकलन गरी बिरामीका मामा एकराज भुजेलको नाममा पठाउनु भएको छ। नेपालको झापा स्थायी घर भई इजरायल बसोबास गर्दै आएएकी गोमा भुजेलले इजरायलमा बसोबास गर्ने आफ्ना सहकर्मीहरु सँग संकलन गरी जम्मा रु.३१,७७२/- पठाएको हो। काभ्रे घर भएका बेदप्रसाद घिमिरे रु.३,१६५/-, बोधी राम खत्री-प्यूठान रु.४,७३१/-, दिपु बुढाथोकी-थानकोट रु.३,१६५/-, गोमा भुजेल-झापा रु.५,७५०/-, डोमा शेर्पा-दोलखा रु.४,७००/-, रुपा गैरे-बुटवल रु.३,७६०/-, बाबा भुजेल-झापा रु.३,२९९/-, पुनम शर्मा-काठमाण्डौं रु.१,६०१/- र सरिता तामाङ-दारजिलिङ रु.१,६०१/- रकम सहयोग गरेका छन्। घाइते भुजेल बिदेश जाँदा लागेको ऋण तिर्न नसकी सुकुम्बासीको रुपमा सरकाररले दिएको जग्गा समेत साहुलाई पास गरिदिएर पुनः सुकुम्बासीको रुपमा बनिबुतो गरी सानी बैनीलाई पाल्दै आएका थिए। गरीबीका कारण नै आमा बुबा उपचार गर्न नसकि आमा बिहान बाउ बेलुका गरी ६ घण्टाको फरकमा गत वर्ष मात्रै निमोनियाका कारण मृत्यु भएको थियो। भिरले किचिएर गम्भीर भएका भुजेललाई स्थानीय छरछिमेकी र वडा कार्यालय, गाउँपालिका, प्रहरी कार्यालय र भोजपुर नगरपालिका लगायत सबैको साथ सहयोगमा धरान घोपा हस्पिटलमा उपचार भएपछि घरमै आराम गर्दै गरेका भुजेलको स्वास्थ्यमा धेरै सुधार आए पनि हाल घाउ पाक्दै आएकोले थप उपचारका लागि काठमाण्डौं ल्याइदैछ। काठमाण्डौं ल्याएपछि पाटन हस्पिटलमा उपचार गर्ने तयारी गरिएको घाइतेका मामा तथा ग्रामीण विकास अभियानका अध्यक्ष एकराज भुजेलले खबर डबलीलाई बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending