Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

चर्चित खेलाडी ‘द बिस्ट’ रोली विङ्कलार पहिलो पटक नेपालमा

काठमाडौं । शारीरिक सुगठन खेलमा ‘द बिस्ट’ अर्थात् दानवको उपनामबाट चर्चित खेलाडी रोली विङ्कलार बिहीबार नेपाल आएका छन्। शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’मा तेस्रो स्थानसमेत हात पारिसकेका डच खेलाडी विङ्कलार नेपाल आउने यो खेलका सबैभन्दा ठूला स्टार हुन्। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - उनी नेपालमा पहिलो पटक हुन लागेको मिस्टर ओलम्पियाको छनोट खेल ‘प्रो–क्वालिफायर’ मा अतिथिका रूपमा सहभागी हुन आएका हुन्। शनिबार कमलादीस्थित एकेडेमीको हलमा हुने प्रो–क्वालिफायर खेलमा उनी गेस्ट पोजरका रूपमा सहभागीता जनाउने छन्। विङ्कलारले नेपाली खेलाडी र शारीरिक सुगठनका नेपाली समर्थक उत्साहित गर्न यहाँ आएको बताए। ‘म धेरै पटक भारत आएको छु। तर, भारतको छिमेकी नेपाल पहिलो पटक आएको हुँ। नेपाल निकै सुन्दर लाग्यो। यहाँ आउनेबित्तिकै हिमाल हेर्न पाएँ’, बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि उनले भने, ‘म शारीरिक सुगठनका नेपाली खेलाडी र समर्थकलाई उत्साहित तुल्याउन यहाँ आएको हुँ।’ सन् २०१८ मा भएको मिस्टर ओलम्पियामा तेस्रो स्थानका साथै पिपुल्स च्याम्पियनसमेत भएका विङ्कलार सबैभन्दा ठूलो शरीर भएकै कारण शारीरिक सुगठनमा दानवको उपनामले चिनिएका हुन्। चर्चित खेलाडीको उपस्थितिले नेपालमा हुन लागेको प्रो–क्वालिफायरमा सहभागी हुने नेपाली र अन्य देशका खेलाडीसमेत प्रेरित हुने अपेक्षा गरिएको छ। प्रो–क्वालिफायरमा नेपालसहित १५ देशका खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडीबिल्डिङ र वुमन्स फिजिक गरी ४ विधामा प्रतिस्पर्धा हुनेछ। प्रत्येक विधामा पहिलो हुने एक÷एक खेलाडी प्रो–कार्ड जित्दै यसै वर्ष अमेरिकाको लस भेगासमा हुने मिस्टर ओलम्पियामा छनोट हुनेछन्। ४ महŒवपूर्ण प्रो–कार्ड छनोट प्रतियोगितासहित विङ्कलारलाई पनि नेपाल भित्र्याउन सफल इन्टरनेसनल फेडरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस (आईएफबीबी) लिग नेपालका अध्यक्ष सानु गुरुङले खुसी व्यक्त गरे। ‘विङ्कलारजस्ता स्टार खेलाडी नेपाल ल्याउन सक्नु हाम्रा लागि भाग्यको कुरा हो। उनको उपस्थितिबाट नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाउनेछन्’, गुरुङले भने, ‘नेपाली शारीरिक सुगठनको विकासमा मद्दत पुग्ने अपेक्षा पनि गरेको छु।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending