Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

भन्सार छली गरेको आरोपमा अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत पवित्रकुमार खड्का र नायब सुब्बा धीरजकुमार थापासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्धको मुद्दामा सात करोड ५९ लाख ६३ हजार एक सय ९० रुपैयाँ बिगो दाबी गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - मितेरी इन्टरनेसनलका सञ्चालक सुमन श्रेष्ठ, कर्मचारी रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र न्यून बिजीकरणमा संलग्न आकाश श्रेष्ठ, निरञ्जन त्रिपाठी र डम्बरबहादुर श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ । उनीहरूविरुद्ध गत २४ मंसिर राजस्व अनुसन्धान विभागले जिल्ला अदालतमा राजस्व छली मुद्दा दायर गरेको थियो । विभागकै अनुसन्धान प्रतिवेदनका आधारमा थप छानबिन गरी आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र व्यवसायी मिलेर राज्यलाई घाटा हुने काम गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । भन्सार कार्यालयका कर्मचारीसँग मिलेर न्यून मूल्यांकन गरी एडिडास ब्रान्डका कपडालाई बच्चाको कपडा भनेर मूल्यांकन गरिएको थियो । गत भदौमा विभागले कपडाका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगले ‘एउटा देशमा उत्पादन भएको सामानलाई अर्काे देशमा उत्पादन भएको भनेर भन्सार घोषणा गर्दा जरिवाना गर्नुपर्नेमा जाँचपासका क्रममा वस्तुको नाम, प्रकृति, उत्पादन गर्ने देश र गुणस्तरसमेत फरक परेको हुँदा प्रतिवादी एकआपसमा मिलेमतो गरी भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी वास्तविक तिर्नुपर्ने राजस्व नतिरी राजस्व चुहावट गरी/गराई मालवस्तु पैठारी गरिएको’ विज्ञप्तिमा उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending