Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

देशभरका रेडियोकर्मी सुर्खेतमा

काठमाडौँ । राष्ट्रिय रेडियो सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १४औँ साधारणसभा बुधबार वीरेन्द्रनगरमा सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्मेलनको उद्घाटन गरेका छन् । ‘समानता र सुशासन प्रवद्र्धनका लागि सामुदायिक रेडियोको सम्मेलन’ नारा दिएको सम्मेलनमा देशभरका तीन सय ५० सामुदायिक रेडियोबाट प्रतिनिधिहरू सुर्खेत आएका छन् । सम्मेलन उद्घाटन अघि वीरेन्द्रनगरमा प्रभातफेरी निकालिएको थियो । समानुपातिक विज्ञापन प्रणाली लागू गरौँः मन्त्री बाँस्कोटा आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सम्मेलन उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामुदायिक रेडियोको स्थायित्वका लागि समानुपातिक विज्ञापन प्रणाली अवलम्बन गरिने बताए । उनले सामुदायिक रेडियोको भूमिका प्रशंसा गरे । पत्रकारको न्यूनतम पारिश्रमिक ऐन पूर्ण रूपमा कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएको बताए । ‘काम गराउने जोसुकैले श्रमिकलाई ज्याला दिनुपर्छ, यसका लागि सरकार पछि हट्ने कुरै हुँदैन’ उनले भने । मिडियामैत्री सञ्चार नीतिमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । प्रतिशोधका लागि सञ्चारमाध्यमको स्थापना दुःखद मुख्यमन्त्री शाही कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामुदायिक रेडियोको आवश्यकता र औचित्य प्रस्ट्याउनुपर्ने बताए । ‘राजनीतिक र व्यावसायिक प्रतिशोध लिनका लागि सञ्चारमाध्यमको स्थापना हुनु दुःखद छ,’ मुख्यमन्त्री शाहीले भने, ‘सामुदायिक रेडियो आवाजविहीनको आवाज बन्नुपर्छ । सबै रेडियोको सामूहिक प्रयासबाट सामाजिक रूपान्तरण सम्भव हुन्छ ।’ उद्घाटन समारोहमा कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी, सांसद योगेश भट्टराई, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सामुदायिक रेडियोका बारेमा बोलेका थिए । संघका अध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोलाई सम्बोधन गर्ने गरी नीति ल्याउन सरकारलाई आग्रह गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending