Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

केही दिनभित्र पार्टी एकताको बाँकी काम पूरा हुन्छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताए । उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उनले बताए, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।” उनले पार्टी एकता सफल पार्न एक÷दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राखे । वैचारिक र राजनीतिक रुपमा नयाँ चरणमा पार्टी प्रवेश गरेको उल्लेख गर्दै उनले भावनात्मक रुपमा अलगअलग धारमा अगाडि बढेका नेता, कार्यकर्तालाई यस्ता कार्यक्रमले एक ठाउँमा ल्याउने बताए । जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उनको भनाइ रहेको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले एकताबद्ध हुन नसकेका कम्युनिष्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन आग्रह गरे । उनले कम्युनिष्ट समूहलाई मात्र नभएर नेपाली काङ्ग्रेस र मधेश केन्द्रित सबै पार्टी विकास र समृद्धिको एजेण्डामा सहकार्य गरौं भन्दै नेपाली जनताले राजनीतिक स्थिरताका लागि निकै ठूलो बलिदान गरेको हुनाले अब एक भएर विकास र समृद्धि यात्रामा अगाडि बढ्न आह्वानसमेत गरे । “हामीले ठूला ठूला राजनीतिक परिवर्तन सबै एक ठाउँमा आएर हासिल गरेका हौँ”, उनले भने, “अहिले हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीसमेत आवश्यकता रहेको छ ।” उनले हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई सबै खालको भ्रम र विग्भ्रम छोेडेर मुलुकलाई साकार पार्ने दिशा सबै दल लाग्नुपर्ने बताए । अध्यक्ष दाहालले लोकतान्त्रिक तरिकाले कम्युनिष्ट पार्टीको एकता र दुई तिहाइको लोकप्रिय बहुमतले प्राप्त गरेकाले कम्युनिष्टका लागि योभन्दा ठूलो र युगान्तकारी परिवर्तन केही हुन नसक्ने धारणा राखे । मुलुकको विकास गर्नका लागि अहिलेको विकल्पभन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र समाजवाद, सामाजिक न्यायतिर जान सक्ने भन्दै उनले भने, “यही बाटोमात्र तपाइँ हामीले देखेको सपना पूरा गर्न सक्दछौँ । त्यसैले सवै राजनीतिक दल हाम्रा शहीदका सपना पूरा गर्दै नयाँ गोरेटो बाटो हुँदै नेपाललाई अगाडि लैजान सक्दछौँ ।” अध्यक्ष दाहालले शान्तिपूर्ण संसदीय प्रक्रियाको माध्यमबाट कम्युनिष्टलाई लोकप्रिय बनाउने र जनयुद्धको रुपमा कम्युनिष्ट आन्दोलनलाई बलियो पार्दै उत्पीडित जनता हक अधिकारको लडाइँका अगाडि बढाउने काम दुई धार एक भएर अहिले कम्युनिष्ट आन्दोलन बनेको बताए । शान्तिपूर्ण र प्रतिस्पर्धाका तरिकाले कम्युनिष्ट आन्दोलनलाई र जनतालाई समृद्धि र मुक्तिको दिशातिर अगाडि बढाउने प्रक्रियाको नेतृत्व गर्ने मदन भण्डारीलाई सम्झँदै उनकै स्मृतिमा दुई धारबीच एकता गरेको उल्लेख गरे । उनले विभिन्न प्रतिक्रान्तिवादीले विभिन्न षडयन्त्रमार्फत कम्युनिष्ट पार्टीलाई कमजोर पार्न नेताबीच फाटो ल्याउने, अविश्वास ल्याउनेजस्ता विभिन्न कसरत गरिरहेको बताए । उनले प्रतिक्रियावादीको उस्काहटमा नलागी कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउनुपर्ने बताए । “प्रतिक्रियावादीले यो कम्युनिष्ट पार्टी राम्रौसँग अगाडि नबढोस् र यो विभाजित होस् कम्युनिष्टको प्रभाव घटोस् यसको नेतृत्वमा विकास र समृद्धि नहोस् भनेर चाहेका छन्”, उनले भने, “जताततै कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको बेला नेपालमा लोकतान्त्रिक ढङ्ग, आक्रमण ढङ्ग र नयाँ तरिकाले आएकाले ध्वस्त पार्न सम्भव देखेका छैनन् ।” उनले अहिलेको कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक तरिकाले बलियो भएर आएको हुनाले पहिलाजस्ता कैयौँ देशमा हजारौँ लाखौँलाई कत्लेयाम गरेर नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न नसकिरहेका बताए । “प्रतिक्रियावादी र अवसरवादीको उस्काहटमा आउने छैनौँ । हामीलाई यो पार्टी एकता कसैले माया गरेर दया गरेर दिएको होइन”, उहाँले भने, “हाम्रै महान् शहीद त्यागेर जनताको क्रान्तिकारी बलले पार्टी एकता गरेका हाँै ।” उहाँले आफूहरु १९औँ शताब्दी र २० औँ शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभव पनि समीक्षा र लेखाजोखा गरेर अबको २१ औँ शताब्दीको लागि समाजवाद निर्माण एउटा नयाँ ढाँचाको खोजीमा रहेको बताए । उहाँले नेपाल गरीब र पछौटे मुलुक भए पनि राजनीतिक दृष्टिमा गरेका कामलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै साना शक्तिमात्र होइन सबै खालका शक्तिले नेपालमा के भइरहेको र के हुन थालेको छ भनेर हेर्न थालेको बताए । कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले संविधानमार्फत समाजवादको आधारशिला निर्माण गरेकाले शहीदको सपना पूरा गर्न समाजवाद ल्याउने बताए । कार्यक्रममा जनयुद्ध र सुखानीमा शहीदप्रति अध्यक्ष दाहालसहित महासचिव पौडेल, स्थायी कमिटी सदस्य सुभाष नेम्वाङ, भीम रावलले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending