Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि तीन ठाउँ चयन, कहाँ उपयुक्त होला ?

वीरगञ्ज। बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ । विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा जिल्लाकै पिलुवा, हरैया र कोल्हवी नगरपालिकाको उत्तरपट्टि रहेको तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने गरी ठाउँ हेरिएको छ । विमानस्थलको धावनमार्गको बीचमै सो टाङ्गियाबस्ती परेकाले यसलाई अन्यत्र सार्न करीब रु चार अर्ब लाग्ने अनुमान गरिएको छ । विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनीयर ओम शर्माले भन्नुभयो, “मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढ्नुको मुख्य कारण टाङ्गियाबस्ती नै हो ।” सङ्घीय सरकारको प्राथमिकतामा रहेको सो विमानस्थलको निर्माण काम अगाडि बढाउन बस्ती अन्यत्र लग्नुपर्ने आवश्यकता रहेको छ । विसं २०३०–०३१ सालतिर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको कार्यकालमा फिनल्यान्ड सरकारको सहयोगमा अहिलेको टाङ्गियावस्ती भएको सो ठाउँमा पुरानो रुख कटानगरी पुनःवृक्षारोपण गर्ने भनेर पश्चिमी पहाडबाट करीब १५० घरधुरीलाई ल्याएका थिए । पछि २०४६ सालको राजनीतिक परिवर्तन र माओवादी जनयुद्धताका जङ्गल फँडानी गरी बसेको बस्ती हो टाङ्गियाबस्ती । तामाङ, मगर, कामी, दमाईं, बाहुन, क्षेत्री जातिको बाहुल्यता रहेको सो बस्तीमा हाल एक हजार ४७६ घरधुरीका करीब १० हजार मानिस बस्दै आएका छन् । त्यहाँ रहेका करीब दुई हजार ६०० मतदाता प्रत्येक निर्वाचनमा मत खसाल्दै आएको छ । टाङ्गियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले राससलाई भन्नुभयो, “बस्तीलाई अन्यत्र व्यवस्थापन गरिँदा मुआब्जा स्वरुप लालपूर्जासहितको जग्गा उपलब्ध गराएमात्र बस्ती अन्यत्र लग्न सकिन्छ । जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित सो बस्तीका बासिन्दा विगत ४२ वर्षदेखि सुकुम्वासीनै रहेकाले बस्ती अन्यत्र सार्दा प्रतिपरिवार दुई बिघा पाँच कट्ठाका दरले जग्गा उपलब्ध गराउनुपर्ने, आयोजनास्थल बाहिर तीन किलोमिटर क्षेत्रभित्र मुआब्जाको जग्गा उपलब्ध गराउनुपर्ने, एकघर एक रोजगारीको ग्यारेन्टी दिनुपर्ने, बस्ती व्यवस्थापन गर्दा १८ महीनासम्म रासनपानीको व्यवस्था गर्नुपर्ने तथा अन्यत्र सारिएको ठाउँमा खानेपानी, बिजुली, सडक, विद्यालय, स्वास्थ्यचौकीलगायतका पूर्वाधार हुनुपर्ने माग राख्दै टाङ्गियाबस्ती सरोकार समितिले सङ्घर्ष गर्दै आइरहेको छ । जङ्गल फँडानी गरी ७३१ बिघा १४ कट्ठा ऐलानी जग्गामा बसेका टाङ्गियाबस्ती–पूर्व पश्चिमी राजमार्गको पथलैया निजगढ सडकखण्डअन्तर्गत १६ किलोमिटर भन्ने ठाउँबाट दक्षिणतर्फ रहेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्नेमा जोड दिँदै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले भने, “टाङ्गियाबस्ती सार्नलाई नजिकै पसहा, हरैया र तामागढीजस्ता ठाउँ देखिएकाले यसबारेमा थप अध्ययन भइरहेको छ । बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ को जितपुर सिमरा उपमहानगरपालिका–१६ मा पर्ने टाङ्गियाबस्तीका बासिन्दा एकै स्वरमा भन्छन्, हामी त ४२ वर्षदेखि सुकुम्वासी भएर जीवन गुजार्यो तर बस्ती अन्यत्र गएपछि आउने भावी सन्ततिले भने सुकुम्वासी भएर बाँच्नु नपरोस् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending