Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

सुपरीवेक्षण र समन्वय विधेयक सच्याउनुपर्नेमा जोड

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यान्त्रिक ढङ्गबाट नभई मुलुकको स्वाधीनतालाई रक्षा गर्ने ढङ्गबाट कानून निर्माण गरिने बताए । उनले भने, “सङ्घीयतालाई सुदृढीकरण गर्ने र कार्यान्वयन गर्ने कार्यमा सदनको ठूलो योगदान रहेको छ, सरकारले विधेयक ल्याएर आफ्नो दायित्व पूरा गरेको भए पनि कानून कस्तो बनाउने भन्ने जिम्मेवारी सदनकै हो ।” विधेयक त्रुटिरहित छ, सबै कुरा ठीकठाक छ भन्ने सरकारको दाबी नरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले त्रुटिलाई सच्याएर सङ्घीयताको भावनाअनुरुप बनाउने दायित्व सांसद र संसद्को हो भने। नेपालको सङ्घीय गणतन्त्रको ढाँचा आफ्नै मौलिकतामा आधारित रहेको बताउँदै उनले नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्तालाई सर्वोपरि गरेर ऐनको मस्यौदाका रुपमा विधेयक ल्याइएको स्पष्ट गरे । विखण्डनकारी देशलाई टुक्र्याउने खेलमा लागिरहेको अवस्थामा कस्तो सुरक्षा संयन्त्र र कानून निर्माण गर्ने भन्ने हाम्रो जिम्मेवारी हो भन्दै उनले सदनमा उठेका रचनात्मक सुझावका आधारमा विधेयक परिमार्जन गरिने बताए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद जनार्दन शर्मा, अमरेशकुमार सिंह, भरतकुमार शाह, कृष्णभक्त पोखरेल, नवराज सिलवाल, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, सञ्जयकुमार गौतम, उमाशङ्कर अर्गरिया, प्रदीप यादव, रेखा शर्मा, रामकुमारी झाँक्री, अञ्जना विशङ्खे, चन्द्रकान्त चौधरीलगायतले विभिन्न सुझाव दिनुभएको थियो । उहाँहरुले विधेयकमा सङ्घीयताको भावना र मर्म विपरीत शान्ति सुरक्षाका धेरै अधिकार केन्द्रमै राखिएको भन्दै संशोधनमार्फत केही बुँदा सच्याउनुपर्नेमा जोड दिएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending