Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मोदीलाई श्रीमतीको नाम लिएर तिखो हमला

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आन्ध्र प्रदेशको गुन्टुर राज्यका मुख्यमन्त्री चन्द्रबाबु नायडूलाई ‘लोकेशका पिता’ भनेर सम्बोधन गरेका थिए । यसको जवाफमा चन्द्रबाबु नायडूले मोदीलाई श्रीमतीको नाम लिएर तीखो हमला गरेका छन् । नायडूले मोदीलाई हमला गर्दै भने, ‘तपाईं आफ्नी श्रीमतीसँग अलग बस्नुहुन्छ । के परिवारको मूल्यप्रति तपाईंको कुनै सम्मान छ ?’ यति भन्दै गर्दा नायडूले आफ्नो परिवारलाई निकै माया गर्ने गरेको जानकारी पनि दिए । नायडूले भने, ‘प्रधानमन्त्रीको न त परिवार छ न नै कुनै छोरा । जब तपाईंले मलाई मेरो छोराको नाम लिएर हमला गर्नुभयो तब मैले तपाईंकी श्रीमतीबारे कुरा गरिरहेको छु । के मानिसहरुलाई थाहा छ, नरेन्द्र मोदीकी श्रीमती पनि छिन् । उनको नाम हो जसोदाबेन ।’ नायडूले यो कुरा विजयवाडाको एक जनसभामा सम्बोधित गर्दै भनेका हुन् । नायडूले मोदीमाथि देशलाई खाल्डोमा धकेलेको आरोप लगाएका थिए । आन्ध्र प्रदेशका मुख्यमन्त्रीले नोटबन्दीलाई एक पागलपूर्ण निर्णय बताएका थिए । यद्यपी, सुरुमा नायडूले यसको समर्थन गरेका थिए । त्यतिबेला उनी बीजेपीको नेतृत्व भएको गठबन्धन एनडीएको हिस्सा थिए । विजयवाडामा नायडूले भने, ‘तपाईंले एक हजारको नोट नष्ट गरिदिनुभयो र दुई हजारको नोट ल्याउनुभयो । के यसले भ्रष्टाचार निर्मुल होला ?’ मोदीको भ्रमण फ्लपः नायडूले भने, ‘मोदीको आन्ध्र प्रदेशको भ्रमण पूर्ण रुपमा फ्लप भएको छ । बीजेपीले बुझ्नुपर्छ कि मानिसहरु –याली बहिष्कार गरेर आफ्नो रिस व्यक्त गरिरहेका छन् । तेलुगू भाषी जनता यसपटक धोका दिएका कारण बीजेपीलाई पाठ सिकाउनेछन् । प्रधानमन्त्री आफूलाई चिया बेच्ने मानिस भन्छन् तर उनको भाषा हेर्दा कसले उनलाई चिया बेच्ने भन्लान् ?’ नायडूका अनुसार प्रधानमन्त्रीले आफूलाई नीजि हमला गरेपछि आफूले पनि त्यसको जवाफ त्यसरी नै दिएको बताए । आन्ध्र प्रदेशका मुख्यमन्त्रीले भने, ‘म साधारणतया नीजि हमलाबाट बच्छु तर मोदीले मलाई यस्तो गर्न बाध्य बनाए । उनी तीन तलाक बिल ल्याएर सम्बन्धविच्छेद महिलाको मद्दत गर्ने कुरा गर्छन् तर उनकी श्रीमतीबारे कसैले प्रश्न सोधे उनले त्यसको केही जवाफ दिन सक्दैनन् ।’ मोदीले टीडीपीमा चन्द्रबाबु नायडूमाथि छोरा लोकेशलाई बढी महत्व दिएको आरोप लगाएका थिए । यसमा नायडूले भने, ‘मलाई लोकेशका पिता हुनुमा गर्व छ । मैले सधैं परिवारको मूल्यको समर्थन गरेको छु तर मोदीको त कुनै परिवार छैन त्यसकारण उनी यस्तो कुरा बुझ्न सक्दैनन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending