Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

उपचारमा सम्पत्ति सकिएपछि मन्दिरको बास भयो पदमबहादुर कँडेलको

पर्वत। क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थालेका छन् । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आएको हो । एउटा झुपडी र चार हलको खेत बेचेर आएको रु १२ लाख उपचारमा सकिएपछि मन्दिरको बास भएको उहाँ बताउछन् । सतसठ्ी वर्षीय कँडेल ‘प्रोष्टेट क्यान्सर’बाट पीडित छन् । पिसाबमा रगत देखिन थालेपछि २०७१ पुस १४ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुगेर चार महीनासम्म उपचार गरेपछि उनको रगत बग्ने समस्या कम भयो । उपचारका क्रममा रु १० लाख खर्च भयो । पोखराबाट फर्किएको एक महीना नहुँदै फेरि पिसाबमा रगत देखिन थालेकाले भएको घरखेत बेचेर गाउँलेको सल्लाहमा कँडेल २०७५ जेठमा चितवनको विपी कोइराला क्यान्सर अस्पतालमा पुगे । एक महीनाको उपचारपछि साथमा भएको रकम सकियो । अस्पतालले थप उपचारका लागि रकम रकम जम्मा गर्न सल्लाह दिएर अस्पतालबाट फिर्ता पठाएकाले गृह जिल्ला आएपछि अहिलेसम्म गाउँ पुगेको छैन भन्दै उनी गुनासो गर्छन्, “ गाउँमा घर पनि छैन साथमा रकम पनि भएन, अब केका लागि गाउँ जाने रु” गत वर्ष पुसदेखि श्रीमतीसहित मन्दिरमा बस्दै आएका कँडेलले चिकित्सकले रु २२ लाख भए उपचार हुने सल्लाह दिएको जानकारी दिँदै भन्छन्, “मसँग रु २० पनि खल्तीमा छैन, रु २२ लाख कहाँबाट ल्याएर उपचार गराउनु तर जस्तो भए पनि बाँच्न भने मन लाग्दोरहेछ ।” कँडेलका चार छोरा छन् । छोराहरूको पनि उपचार गराउन सक्नै आर्थिक अवस्था राम्रो छैन । कान्छा छोरा मोहनबहादुर कँडेल रोजगारीका लागि दुबई पुगेका छन् । मोहनबहादुरले पठाएको रकम औषधि किन्दैमा सकियो, जेठा छोरा सोमबहादुरले कृषि पेशाबाट जेनतेन परिवार पाल्दै आएको छ, माइलो छोरो रोजगारीका लागि भारतमा गएको छ भने साइँलो छोरो पोहोर साल आगोमा डढेर अझै उपचार गराउँदै आएको उहाँ आफ्नो व्यस्था सुनाउछन् । औषधि किनेर खान मासिक रु १० हजार जति खर्च हुने गरेको गरेकाले उपचारमा समस्या भएपछि देशविदेशमा रहेका नेपालीलाई आर्थिक सहयोग गर्न कँडेलले अपिल गरेका छन् । कँडेललाई पर्वत सेवा समाजले शुक्रबार रु १० हजार २५ प्रदान गरेको छ । समाजका अध्यक्ष मुना भुषाल र फलेवास–११ का वडाध्यक्ष जीतबहादुर सुनारले पीडित कँडेल दम्पतीलाई उपचारका लागि प्राप्त रकम सो रकम प्रदान गरेको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending