Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बोक्सीको आरोपमा एक महिलामाथि हिंसा

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला बिहीबार अपराह्न हुल बाँधर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित महतोले बताइन् । कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा नीलडाम पर्नुका साथै चोटपटक लागेको छ । घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन । घटनाको विषयमा मौखिक उजुरी आए पनि लिखित जाहेरी नआएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ ।   जिउँदै जलाउने धम्की स्थानीय अमिरी सदायका छोरा करिब १९ वर्षीय सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदी बहिनीलगायतले लछारपछार पार्दै चौतारामा पुर्‍याई कुटपिट गरेको महतोले सुनाइन् । ‘घरबाट घिसार्दै चौतारोमा पुर्‍याएर बोक्सी हुँ भन्न दबाब दिए,’ उनले भनिन्, ‘बोक्सी नस्विकारे नजिकै रहेको उखुबारीबाट पत्कर ल्याएर जिउँदै जलाउँछौँ भन्दै कुटपिट गरे ।’ कुटपिटबाट अचेत भएपछि बौवावतीलाई छाडिएको थियो । ‘म बोक्सी होइन, भन्दै हात जोडेर बिलौना गर्दा पनि कसैले सुनेनन्,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘उखुको लाथ्राले निरन्तर कुटिरहे ।’ बौवावतीका पति रामलोचन महतो काम गर्न गाउँबाहिर गएका वेला उनीमाथि कुटपिट भएको हो । ‘घरमा पाँचजना स–साना छोराछोरी मात्र थिए । म पनि काम गर्न गाउँबाहिर रहेको मौका छोपेर मरणासन्न हुने गरी कुटेछन्,’ रामलोचनाले भने । धामीले उक्साए वेला वेला बेहोस हुने र काम्ने सुजितलाई बौवावतीले नै टुनामुना गरेको भन्दै धामी सुकना मण्डलले सदाय परिवारलाई उक्साएको स्थानीय गाउँलेले बताए । ‘महिलालाई घरबाट घिसार्दै ल्याएर चौतारोमा उभ्याएर आँखा जुधाउन धामीले आदेश दिए,’ प्रत्यक्षदर्शी एक गाउँलेले भने, ‘महिलालाई सघाउन खोज्दा बोक्सीलाई नै जोगाउन खोज्नेको पनि यस्तै हबिगत हुने धम्की दिएपछि केही गर्न सकेनौँ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending