Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यसकारण प्राविधिक शिक्षा पढ्न चाहन्छन् विद्यार्थी

दमौली। व्यावसायिक धारको पढाइ शुरु भएका तनहुँका विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढेको छ । छोटो समयको पढाइबाट रोजगार सुनिश्चित हुने भएपछि विद्यार्थीहरु प्राविधिक शिक्षातर्फ आकर्षित भएका हुन् । माध्यमिक तह उत्तीर्ण भएपछि प्राविधिक शिक्षाका लागि पोखरा, चितवन वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यसँगै विद्यार्थीहरु घरमै बसेर प्राविधिक शिक्षा पढ्न शुरु गरेका छन् । यसै शैक्षिक सत्रदेखि सब–ओभरसियरको पढाइ शुरु गरेको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थी विशाल ढकाल देशमा प्राविधिक जनशक्तिको माग रहेकाले आफूले प्राविधिक शिक्षा रोजेको बताउछन् । उनले भने – “प्राविधिक शिक्षाका लागि यस भन्दा अगाडि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । अहिले घरआँगनमै रहेको विद्यालयहरुमा यसको पढाइ शुरु भएपछि सजिलो भएको छ ।” विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत समाजको माग र आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयमा प्राविधिक धारको पढाइ सञ्चालन गरिएको बताउछन् । उनी भन्छन् – “अहिलेको अवस्थामा प्राविधिक शिक्षाको ठूलो माग छ । प्राविधिक शिक्षा पढेपछि रोजगार पनि सुनिश्चित छ ।” उनका अनुसार २१ जना विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि भर्ना भएका छन् । विद्यालयले आगामी वर्षहरुमा प्राविधिक विषयका थप कक्षासमेत सञ्चालन गर्ने योजना बनाएको छ । आगामी वर्ष अमिनको पढाइ शुरु गर्ने लक्ष्य छ । तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयले समेत यसै शैक्षिक सत्रदेखि विद्यालयमा सब–ओभरसियरको पढाइ शुरु गरेको छ । सोही ठाउँका रुपा गुरुङले गाउँमै बसेर प्राविधिक शिक्षा अध्ययन गर्न पाउँदा सहज भएको प्रतिक्रिया दिए । एसइई परीक्षा उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जानुपर्ने उहाँ लगायत अन्य विद्यार्थीको बाध्यता अब हटेको छ । गुरुङ भन्छन् – “प्राविधिक शिक्षा पढेपछि रोजगारी सजिलै पाइने सुनेको छु । सोही कारण प्राविधिक शिक्षा अध्ययन गर्ने सोच बनाएँ ।” घर नजीकै बसेर प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउँदा खर्च समेत जोगिएको उनी बताउछन् । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाका अनुसार प्राविधिक शिक्षा अध्ययन गर्ने २२ जना विद्यार्थी छन् । चालीस जनाको कोटा भए पनि सम्बन्धन प्राप्त हुन ढिलाइ भएकाले कोटा अनुसारको विद्यार्थी सङ्ख्या पु¥याउन नसकिएको उनले बताए । “सम्बन्धन पाउन ढिलाइ भएकाले विद्यार्थी सङ्ख्या पु¥याउन सकेनौं, आगामी वर्ष कोटा अनुसारकै विद्यार्थी सङ्ख्या पु¥याउँछौं,” उनले भने । विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्नेमध्ये १४ छात्र र ८ छात्रा छन् । तीमध्ये १७ जनाले सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका हुन् । पाँच जना भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाभित्रका विद्यार्थी रहेका छन् । तीन जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । अठार महिने कोर्षका लागि रु ६० हजार शुल्क तोकिएको छ र पाँच किस्तामा उक्त रकम विद्यार्थीले बुझाउनुपर्ने छ । अध्यापनका लागि चार शिक्षकहरु रहेका छन् । प्राविधिक शिक्षा सञ्चालनका लागि घिरिङ गाउँपालिकाले रु ५५ लाख सशर्त अनुदान समेत दिएको छ । उक्त रकमबाट प्राविधिक शिक्षाका लागि आवश्यक सामग्रीहरु खरिद गरिएको विद्यालयले जनाएको छ । त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत रु २६ लाखको लागतमा चार कोठे भवन निर्माण गरिएको छ । व्यास नगरपालिका–६ स्थित जनजुक्त शाही माध्यमिक विद्यालयमा समेत यसै शैक्षिक सत्रदेखि पशु विज्ञानको पढाइ शुरु भएको छ । विद्यालयमा यही मङ्सिरदेखि तीन वर्षे कोर्षअन्तर्गत पशुविज्ञानको पढाइ शुरु भएको हो र १२ जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले ४० जनाको कोटा भए पनि पहिलो वर्ष भएकाले विद्यार्थी सङ्ख्या पु¥याउन नसकिएको जानकारी दिए । पशुविज्ञान अध्ययनका लागि स्थानीय विद्यार्थीसँगै छिमेकी नगरपालिकाबाट समेत विद्यार्थी आएका छन् । कुल २३ जनाले प्रवेश परीक्षा दिए पनि १२ जना मात्रै सफल भए । पशुविज्ञानमा विद्यार्थीको आकर्षण बढाउन विद्यालयले छात्रवृत्ति प्रदान गर्ने सोच बनाएको छ । “छात्रवृत्ति दिएर भए पनि यसमा विद्यार्थी सङ्ख्या बढाउने लक्ष्य राखेका छौं,” उनले भने – “जिल्लाकै दुर्गम ठाउँहरुमा समेत यसको महत्वबारे बुझाएर विद्यार्थी आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नेछौं ।” पशुविज्ञान पढ्नकै लागि जिल्लाका विद्यार्थी अन्य जिल्लामा गएको देखिएकाले आफ्नै ठाउँमा यो विषय पढ्न पाइन्छ भन्ने जानकारी दिन आगामी दिन व्यापक प्रचारप्रसार थाल्ने विद्यालयको सोच छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending