Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दुर्घटनामा परि घाइते भएका सांसदको स्वास्थ्यमा सामान्य सुधार

दाङ। कार दुर्घटनामा परेका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उनको उपचारमा खटिएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताए । “हामीले यहाँ उनको अवस्था बिग्रिन नदिन प्राथमिक उपचार गरिरहेका छौँ, सामान्य सुधार देखिएको छ, थप सुधार आउनासाथ उपचारका लागि अन्यत्र लैजानुपर्दछ”, उनले भने । उनको टाउको, हात, छाती र पेटमा गम्भीर चोट देखिएको छ । डा. श्रेष्ठले मुख्य चोट छातीमा लागेकाले पाँच करङ भाँचिएको र पेटमा समेत रगत देखिएको बताए । ओलीलाई अहिले पनि आइसीयु कक्षमा ‘भेन्टिलेटर’मार्फत कृत्रिम श्वासप्रश्वास सञ्चालन गरिएको छ । ओलीलाई थप उपचारका लागि गए राति नै भारतको लखनउ लैजान भन्टिलेटरसहितको एम्बुलेन्स मगाए पनि अवस्था गम्भीर भएकाले लैजान नसकिएको उपचारमा खटिएका शिक्षण अस्पतालका स्वास्थ्यकर्मी एवं नेकपाका नेता अब्दुल हुसेन खाँले जानकारी दिए । “हिजो अस्पतालमा ल्याउँदाभन्दा सामान्य सुधार देखिएको छ, तर अवस्था गम्भीर नै छ”, खाँले रासससँग भने, “चिकित्सकसँग परामर्श गरिरहेका छौँ, केही सुधार आउनासाथ काठमाडौँ वा लखनउ लैजाने तयारी भएको छ ।” हिजो साँझ करीब साढे पाँच बजे तुलसीपुरबाट वीरगञ्ज जाँदै गरेको ना५ख ५५२९ नंको बस र बुटवलबाट तुलसीपुर जाँदै गरेको बा१८च ६८३६ नंको कार घोराही उपमहानगरपालिका–३ चिसापानी घुम्तीमा ठोक्किँदा ओली गम्भीर घाइते भएको हो । बसमा सवार रुकुम मुसिकोट गाउँपालिका–२ निवासी ३६ वर्षीय रमिता शर्माको घटनास्थलमै मृत्यु भएको थियो भने प्रदेशसभा सदस्य ओलीसहित १४ घाइते भएका थिए । ओली आफैंले कार चलाएको बुझिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओली गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending