Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

इराक र सिरिया सखाप भएको घोषणा छिट्टै हुदैछ- ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट आइएसले कब्जा गरेका सिरिया र इराकका सबै भूभाग फिर्ता भएको घोषणा गर्ने दिन नजिक आइरहेको बताएका छन्। ट्रम्पको भनाइमा केही दिन पछि नै आइएस नियन्त्रित भूभाग शत प्रतिशत अमेरिकी गठबन्धन सेनाको नियन्त्रणमा आएको घोषणा गर्न सकिन्छ। ट्रम्पले दुई महिनाअघि आफ्नो सेनाले सिरियाका जिहादीहरूलाई पराजित गरेको घोषणा गर्दै भनेका थिए अब अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने समय आएको छ। अहिले आइएसले कब्जामा लिएका थोरै भूभागमात्रै फिर्ता हुन बाँकी रहेको ट्रम्पले बताएका हुन्। वासिङ्टनमा अमेरिकी नेतृत्वको गठबन्धन सदस्यरूको बैठकमा उनले अर्को सातासम्ममा आइएस पूरै पराजित भएको घोषणा गर्न सकिने सम्भावना रहेको बताए। उनले भने, \'सम्भवतस् अर्को सातासम्म क्यालिफेट भनिने आइएस नियन्त्रित भूभाग शत प्रतिशत फिर्ता भएको घोषणा गर्न सक्ने छु। म खाली औपचारिक जानकारीको मात्र प्रतीक्षा गर्दैछु।\' उनका अनुसार अमेरिकी नेतृत्वको सेनाले रका र मोसुलसहित २ सय वर्ग माइल जति भूभाग फिर्ता लिइसकेको छ। सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धन सेना आइएसविरुद्ध लडिरहेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालै ती भूभागलाई पूरै फिर्ता लिनको लागि रकमको अभाव भएको बताएका थिए। उनले आइएस विद्रोही बनेका विदेशी लडाकूहरूलाई उनीहरूकै देश फिर्ता गरिनु पर्ने र त्यहाँका अदालतहरूमा उनीहरूविरुद्ध मुद्दा चलाइनु पर्ने बताएका थिए। कैयौँ आइएस लडाकुहरूलाई कुर्द लडाकू फौजले आफ्नो नियन्त्रणमा लिइसकेका छन्। के आइएस पराजित भएकै हो ? आइएसले कुनै बेला आफ्नो पकडमा लिएको इराकको मोसुल र सिरियाको रक्काबाट उसको नियन्त्रण गुमाइसकेको देखिएको छ। तर उत्तर पूर्वी सिरियामा लडाइँ जारी छ। त्यहाँ कुर्द नेतृत्वको सिरियाली प्रजातान्त्रिक फौजले हालैका दिनहरूमा कयौँ विदेशी लडाकूलाई पक्रिएका छन्। मंगलवार अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल जोसेफ भोटेलले सिरिया-इराक सीमा क्षेत्रको २० वर्ग माइल क्षेत्रमा अझै पनि १५०० आइएस लडाकूहरू रहेको बताएका थिए। बीबसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending