Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

ट्रम्प किमको दोस्रो भेट र यसका चार चुनौती

बीबीसी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग २७ र २८ फेब्रुअरीमा दोस्रो पटक भेटवार्ता हुने घोषणा गरेका छन् । यो भेट भियतनाममा हुनेछ । उक्त भेटघाटमा मुख्यतः परमाणु मुद्दाबारे कुराकानी हुनेछ । यसअघि यी दुई नेताले सन् २०१८ को जुनमा भेटेका थिए । दोस्रो भेटको तयारीमा जुटेका दुई नेता सामुन्ने विभिन्न चुनौती छन् । चुनौती नम्बर १ः ठोस् कदम आवश्यक ट्रम्प र किमबीच जुन २०१८ मा भएको पहिलो भेटका लागि विश्वव्यापी कौतुहल एवं चर्चा थियो । तर उक्त भेटपछि स्थिति आशा गरेअनुसार अघि बढेन । उत्तर कोरियालाई परमाणु हतियार मुक्त गराउने अमेरिकी लक्ष्यका अनुसार कुनै ठोस् नतिजा देखिएन । यस्तै, अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध फुकाउन तयार नभएकाले उत्तर कोरिया निराश रह्यो । त्यसकारण यी दुई पक्षलाई यसपटक केही ठोस् नतिजामा पुग्नुपर्ने दबाब छ । समस्या यो छ कि यी दुई नेताले परमाणु मुद्दालाई व्यक्तिगत बनाएका छन् । ट्रम्प र किम एक–अर्कासँग फेस टु फेस कुरा गर्न रुचाउँछन् । उनीहरुबीच चिठ्ठी र उत्साहित तुल्याउने शब्दको आदन–प्रदान भएको छ । यसपटकको शिखरवार्ता अघि अधिकारी स्तरमा चर्चा हुन आवश्यक छ । पहिलो शिखरवार्तामा यस्तो भएको थिएन तर यसपटक भने यस्तो गरिँदै छ । भविष्यमा अघि बढ्नका लागि विशेषज्ञ स्तरमा एक ढाँचा तयार गरेर त्यसमा सहमती स्थापित गर्नसके वास्तविक उपलब्धि हुनेछ । दोस्रो चुनौतीः दिशा एकै होस् ट्रम्प र किमबीच सिंगापुरमा भएको भेटवार्ताको क्रममा दुई देश कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा परमाणु हतियार मुक्त गराउने कुरामा सहमत भएका थिए । तर एकवर्ष बित्नै लाग्दा यसबारे केही ठोस् कदम उठाइएका छैनन् । ‘के यसबारे कुनै सम्झौता हुनसक्छ ?’ प्रश्न उठाइन थालिएको छ । अमेरिकाका लागि परमाणु हतियार नष्ट गर्नुको अर्थ उत्तर कोरिया एकतर्फी तरिकाले आफ्नो सबै परमाणु हतियार हटाओस् र अन्तर्राष्ट्रिय अनुसन्धानकर्तालाई यसको पुष्टि गर्ने अनुमती देओस् भन्ने हो । यता उत्तर कोरियाले अमेरिकाले यसको जवाफमा आफ्नो परमाणु हतियार हटाएर सुरक्षाको प्रत्यायभूती देओस् भन्ने चाहन्छ ।यीमध्ये धेरै कुरामा अमेरिका मोलतोल गर्न चाहँदैन । अमेरिकी सेनाका जनरल अचम्मित भएका होलान् तर राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा तैनाथ सैनिकलाई घर फिर्ता ल्याउन चाहन्छन् । यद्यपी, उनले अहिलेका लागि यस्तो गर्ने कुनै पनि योजना नभएको भनेर जानकारी दिइसकेका छन् । किम जोंग उनले अहिलेसम्म परमाणु हतियार हटाउने विषयमा लिखित रुपमा वचन दिएका छैनन् । विशेषज्ञका अनुसार उनलाई यसका लागि दबाब दिनुपर्छ र त्यो स्थिती हासिल गर्नका लागि विस्तारपूर्वक खाका तयार गरेर त्यसमा पनि उनको सहमती लिनुपर्छ । यो एक वास्तविक चुनौती हो । अमेरिकी विदेश मन्त्रालयमा उत्तर कोरियाका लागि प्रतिनिधी स्टिफन बीगनले परमाणु हतियार मुक्त गर्ने लक्ष्यमा विभिन्न समस्या भएको स्विकारोक्ति गरेका थिए । उनले भविष्यमा उत्तर कोरियासँग एक सम्झौता हुने भन्ने जानकारी पनि दिएका थिए । चुनौती नम्बर ३ः परमाणु हतियारको विषयमा कदम उठाउनुहोस् दुबै पक्षको तर्फबाट जुन संकेत पाइएको छ, त्यसले ट्रम्प र किमको भेटमा केही ऐतिहासिक कदम उठाइने आशा बढाएको छ । बीगनका अनुसार उत्तर कोरियाले यदि ट्रम्प प्रशासन जवाफी उपाय (काउन्टर मिजर्स) गर्छ भने उनीहरु परमाणु बमको इन्धन तयार गर्ने आफ्ना सबै संयन्त्र नष्ट गर्न तयार भएको प्रस्ताव राखेको छ । किम जोंग उन अमेरिकासँग छुटको रुपमा प्रतिबन्धमा फुकुवा र सुरक्षाको प्रत्यायभूती चाहन्छ । उदाहरणका लागि कोरियाली युद्ध समाप्त भएको औपचारिक घोषणा गरियोस् । अहिलेका लागि यस्तो लाग्छ कि अमेरिका परमाणु हतियार हटाउनका लागि वास्तविक कदम उठाउने आफ्नो मागको विषयमा नरम तरिका अपनाइरहेको छ । किम जोंग उन ‘एक कदम उठाएको बदलामा एक कदम उठाउने’ जुन ढाँचाको वकालत गरिरहेका छन् अमेरिका पनि त्यही दिशामा अघि बढिरहेको देख्न सकिन्छ । उत्तर कोरियाको परमाणु र मिसाइल हतियारको निर्माणमा रोक लगाउने स्थितीमा त्यो प्रतिबन्धमा आंशिक छुट दिइने सम्भावना भएको रिपोर्ट पनि सार्वजनिक भइरहेको छ । स्मरण रहोस्, उत्तर कोरियाले परीक्षणमा रोक लगाएको छ तर उत्पादन भने बन्द गरेको छैन । दोस्रो भेटपछि उत्तर कोरिया आफूसँग भएको परमाणु हतियारलाई नष्ट गर्ने दिशामा ठोस् कदम उठाओस् । चिन्ता यो छ कि ट्रम्पले परमाणु हतियार नष्ट गर्ने स्पष्ट बाटो तय गर्नुको साटो एक अन्तरिक सम्झौता गर्न सक्छन् । चुनौती नम्बर ४ः वास्तविकतालाई बुझ्नुपर्ने अमेरिकामा नेशनल इन्टेलिजेन्सका निर्देशक डेन कोट्सले गत हप्ता सिनेटमा एउटा कमिटीलाई उत्तर कोरियाका नेताहरुले ‘आफ्नो शासन कायम राख्न परमाणु हतियार अत्यावश्यक भएको’ सोच्ने जानकारी दिए । यस्तै, विशेषज्ञका अनुसार किम जोंग उन यस्तो कूटनीतिक माहौल तयार गर्ने कोसिस गरिरहेका छन् जहाँ उत्तर कोरियालाई परमाणु हतियार सम्पन्न देशको रुपमा मान्यता पाउन सकियोस् । नयाँ वर्षको आफ्नो भाषणमा किम जोंग उनले परमाणु हतियार नष्ट गर्ने आफ्नो बचन अनुसार उत्तर कोरिया न त परमाणु हतियार बनाउनेछ न नै त्यसको सम्वर्धन गर्ने बताएका थिए । पेन्टागनका केही पूर्व अधिकारीले हतियारलाई पूर्ण रुपमा नष्ट गर्नुको साटो हतियारको नियन्त्रणबारे कुराकानी गर्नु तर्कसंगत हुने बताइरहेका छन् । केही विश्लेषले जबसम्म उत्तर कोरियाको शासनले आफूलाई सुरक्षित महसुस गर्दैन तबसम्म परमाणु हतियार हटाउने दिशामा प्रगति सम्भव नभएको धारणा प्रस्तुत गरिरहेका छन् । उनीहरुका अनुसार किम जोंग उनलाई यो सम्झाउन सकिन्छ कि सत्तामा रहिरहनका लागि उनलाई परमाणु हतियारको आवश्यकता छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending