Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

नेकपाको एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट भएका हुन् । ‘हामीले संयोजकलाई काम सम्पन्न गरेर प्रतिवेदन बुझाउनका लागि छिटो बैठक डाक्नुपर्यो भनेको भन्यै छौँ, डाक्छु भन्नुभएको छ, तर अहिलेसम्म बोलाउनुभएको छैन,’ कार्यदल सदस्य योगेश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘सहज ढंगले काम गर्न दिने हो भने एक–दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउन सकिन्छ । तर, कार्यदललाई काम गर्नै नदिएर शीर्ष नेतृत्वलाई खुसी पार्ने, गलत ढंगले प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्न चाहनेले अहिले कार्यदल असफल भएको नियोजित प्रचार गराइरहेका छन् ।’ उनले कार्यदल कार्यादेश पूरा गर्न असफल नभएको दाबी गर्दै अध्यक्ष ओली र प्रचण्डसहित पार्टीलाई असफल पारेर व्यक्तिगत स्वार्थ पूरा गर्न चाहने केहीले कार्यदललाई सहज ढंगले काम गर्न नदिएको दाबी गरे । ९ सदस्यीय एकीकरण कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजक छन् । पटक–पटक बैठक बोलाउन ध्यानाकर्षण गराउँदा पनि उनले आफू व्यस्त रहेको जानकारी गराएर भेटै नदिने र पन्छाउने गरेको कार्यदलकै अर्का एक सदस्यले बताए । यद्यपि, यसअघिका कतिपय बैठक महासचिव विष्णु पौडेलले पनि बोलाउने गरेकोमा उनी पनि सम्पर्कमा नरहेको केही नेताहरुको आरोप छ । बिहीबार बैठकको आश्वासन बैठक नबोलाइएकोमा आक्रोशित सदस्यहरूलाई बादलले बिहीबार बैठक राख्ने आश्वासन दिएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सांसदहरू योगेश भट्टराई, लेखराज भट्ट र सुरेन्द्र पाण्डेसँगको अनौपचारिक संवादमा बादलले बिहीबार दिउँसो २ बजे बैठक बस्ने आश्वासन दिएको एक सदस्यले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending