Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

प्रतिनिधिसभामा सांसदको प्रश्नमा मन्त्रीहरुको यस्तो जवाफ

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ । सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न पाउने सङ्घीय संसद् कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा आएको हो । संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास शुरु गरेको हो । सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा चित्त नबुझेपछि पुनः सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था भएअनुसार आज सो कार्यकोसमेत अभ्यास गरिएको हो । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा युवराज खतिवडालाई सांसदहरुले प्रश्न सोधेका थिए । सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्री रामबहादुर थापालाई २०७५ साल साउन २१ गते भक्तपुरको काँडाघारीबाट अपरिहत ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङलाई गरिएको इन्काउण्टरबारे प्रष्ट पारिदिनुहुन्छ कि भन्ने प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई गोली चलाउन खोज्दा आत्मसुरक्षाका लागि प्रहरीले गोली चलाएको बताए । उनले आत्मसुरक्षाका लागि गोली चलाउँदा गोपाल र अजयको मृत्यु भएको सदनलाई जानकारी गराए । अपराधीलाई सुरक्षितरुपमा पक्राउ गर्न प्रहरी प्रयासरत रहका अवस्थामा प्रहरीमाथि नै आक्रमण भएकाले गोली चलाउनुपरेको गृहमन्त्री थापाले बताए । बालकृष्ण खाँणले प्रहरीलाई इकाउण्टरको आदेश कसले दिन्छ भन्ने प्रश्न सोधेका थिए । सांसद खाँणको प्रश्नमा गृहमन्त्री थापाले परिस्थितिले नै त्यस्तो अवस्था सिर्जना गर्ने उल्लेख गरे । सांसद डिला सङ्ग्रौलाले निर्मला पन्तको बलात्कार र हत्यारा सिंहदरबारमा लुकेको भन्दै अपराधी कहिले पक्राउ पर्छन् भन्दै गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । उनको प्रश्नमा गृहमन्त्री थापाले पन्तको हत्यारा जहाँसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले बालुवाटार सिंहदरबार जहाँसुकै भए पनि अपराधीले छुट नपाउने र कानूनी कारवाही गरेरै छाड्ने भने । कञ्चनपुरको १३ वर्षीया बालिका पन्तको बलात्कारपछिको हत्या पासविक र जघन्य घटना भएकाले सरकारले विशेष चासो दिएर छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन लागिपरेको जानकारी दिए । उहाँले उक्त घटनाको अनुसन्धान जारी रहेको र विगतमा सो घटनामा कमजोरी गर्ने प्रहरी अधिकारीलाई समेत कारवाहीको दायरामा ल्याइएको स्पष्ट पारे । उहाँले भन्नुभयो, “कुनै पनि अपराधीलाई राज्यले छुट दिन सक्दैन । कानूनको कठघरामा ल्याउने नै छ । चासो र चिन्ता सदनले जाहेर गरेको छ, त्यसमा सरकार गम्भीर छ ।” गृहमन्त्री थापाले अपराधका ९६ प्रतिशत घटनामा सरकारले सफलता हासिल गरेको र बाँकी चार प्रतिशत घटनामा संलग्न हुने अपराधीलाई पत्ता लगाउन नेपाल प्रहरी क्रियाशील रहको जानकारी दिँदै कुनै पनि प्रकारको अपराध गर्नेलाई छुट नदिइने र कुनै पनि अपराधका घटनालाई मसिनोसँग छानबिन गरी कारवाहीको दायरामा ल्याइने बताए । सांसद गगन थापाले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाँच दिनभित्र सार्वजनिक गर्ने घोषणा केही समय अगाडि गर्नुभएको थियो, तर अपराधी किन पत्ता लागेनन् भन्दै गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । सांसद थापाको प्रश्नमा गृहमन्त्री थापाले रक्षा मन्त्री पोखरेलले सरकारले छिट्टै अपराधी पत्ता लगाउँछ भन्ने आशयका आधारमा उक्त धारणा राखेको हुनसक्ने जानकारी दिए । सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले शान्तिपूर्णरुपमा माग राख्ने माथि अनावश्यक बल प्रयोग गरेको भन्दै किन त्यस्तो गरिएको हो भन्ने प्रश्न गरे । उनको प्रश्नमा गृहमन्त्री थापाले सरकार र गृह प्रशासनमा त्यस्तो जानकारी नआएको बताए । निर्मला पन्त प्रकरण केही गैरसरकारी संस्थालाई कमाई खाने भाँडो र प्रमुख प्रतिपक्षी दललाई राजनीति गर्ने मेसो मिलेको भन्दै सरकारले शीघ्र अपराधी पत्ता लगाउने विश्वास व्यक्त गरे । यस्तै अछाम जिल्लाको मङ्गलसेनमा सात महीना अगाडि भएको १९ वर्षीय नमराज विष्टका अपराधी पत्ता लगाइ कारवाही कहिले हुन्छ भन्दै सांसद रामबहादुर विष्टले गृहमन्त्रीलाई प्रश्न गरे। यस्तै सांसद घनश्याम खतिवडाले गत साउन २९ गते मोरङको लेटाङ नपा–९ स्थित श्रीमाविको खानेपानी ट्याङ्कीमा विषादी हालेको पानी सेवन गर्दा विद्यार्थी बिरामी भएको घटनामा अपराधी पत्ता लगाउने विषयमा के प्रगति भएको छ भन्ने प्रश्न गरेका थिए । गृहमन्त्री थापाले दुवै आपराधिक घटनाका विषयमा सरकार र गृह प्रशासनले मसिनो गरी छानबिन गरिरहेको जवाफ दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending