Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

काठमाडौँ। दुईरतीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान थिए । चार कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उनले बताए । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उनी पहिले निजी अस्पतालमा जाँच गर्न पुगे । त्यहाँको सिफारिशमा उनी अघिल्लो साता लगनखेलस्थित मानसिक अस्पताल आइपुगेका थिए । बालकको घरमा मात्रै नभएर विद्यालयमा समेत व्यवहार बदलिँदै गएको शिक्षकले बताउने गरेको उनले मानसिक रोग विशेषज्ञलाई बताए । त्यहाँ आएपछि मात्र उनले छोरामा इन्टरनेटको लतले यस्तो समस्या आएको थाहा पाए । थापा मात्रै होइन, काठमाडौँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा धेरै अभिभावक सन्तानले इन्टरनेटमा मात्रै ध्यान दिँदा हैरान छन् । इन्टरनेटको पहुँच नागरिकमा बढ्दै जाँदा बालबालिका विद्यालयले दिएको गृहकार्य गर्ने र पढ्नेभन्दा मोबाइल, ल्यापटप र कम्प्युटरमा इन्टरनेट चलाउने गर्छन् । इन्टरनेटको अत्यधिक प्रयोगकै कारण कक्षामा पनि विद्यार्थी टोलाउने र पढाइका कुरामा ध्यान नदिएको भन्दै धेरै अभिभावक सन्तान लिएर मानसिक रोग विशेषज्ञसम्म पुग्ने गरेको अस्पतालले जनाएको छ । मानसिक अस्पतालमा कार्यरत प्रमुख ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ अनन्त अधिकारीले सन्तानलाई इन्टरनेटको लत लागेको भन्दै अस्पताल आउने अभिभावकको सङ्ख्या बढ्दै गएको बताए । उनका अनुसार १० वर्षदेखि १७/१८ वर्षसम्मका किशोरकिशोरीमा यस्तो लत पाइएको छ । इन्टरनेटको प्रयोग आफैँमा समस्या नभए पनि यसको अत्यधिक प्रयोगले धेरै समस्यालाई निम्त्याउने गरेको उनले औँल्याए । बालबालिकामा निन्द्रा कम हुने, पढाइमा कमजोर हुने, एकोहोरो टोलाउनेलगायतका समस्या पाइएको अस्पतालले जनाएको छ । “विश्वका विकसित देशहरूले बालबालिकामा इन्टरनेटको लतलाई रोगको एउटा प्रकारको रूपमा स्वीकार गरिसके”, उनले भने, “हाम्रो देशमा पनि इन्टरनेटको पहुँच धेरै मानिसम्म पुग्दा यो समस्या बढ्दै गइरहेको छ ।” विद्यालयमा अध्ययनरत विद्यार्थीले इन्टरनेटको अधिक प्रयोग गर्दा घरमा आमाबाबुले बोलाउँदा नसुन्ने र झर्को मान्ने गरेको अभिभावकले बताउने गरेको अधिकारीले बताए । अरु मानसिक रोगको जस्तै समयमा उपचार नगर्दा यो रोगले ठूलो रूप लिने भन्दै समयमा उपचार गर्न उनले अभिभावकलाई सुझाव दिए । उनले भने, “समयमा उपचार गर्न नसके भोलि गएर ती बालबालिका ‘डिप्रेशन’लगायतका कडा खालका मानसिक रोगका सिकार नहोलान् भन्न सकिँदैन ।” इन्टरनेटको प्रयोग वयस्क व्यक्तिले धेरै समयसम्म गर्ने भए पनि बालबालिकामा जस्तो उनीहरूमा मानसिक समस्या नदेखिएको अधिकारीले बताए । दश वर्षभन्दा साना उमेरका बालबालिकासमेत चाहेको समयमा इन्टरनेट नपाउँदा झिँजो मान्ने र झगडालु बन्ने गरेको पाइएको अस्पतालले जनाएको छ । अधिकारीले भने, “बालबालिकामा स्मरणशक्ति हराउँदै जाँदा पहिलेभन्दा पढाइ क्रमशः नराम्रो हुँदै गएको अभिभावक बताउँछन् ।” उनका अनुसार विकसित देशमा जस्तो अहिले नै यो समस्याले ठूलो रूप लिइसकेको छैन । इन्टरनेटको पहुँच बढ्दै जाँदा सँगसँगै यो समस्या बढ्दै गएको यहाँ आउने बालबालिकाको सङ्ख्याले देखाएको छ । उनले भने, “अहिले नै यसको समाधानमा नलागे भविष्यमा ठूलै रूप लिनसक्छ ।” बालबालिकामा इन्टरनेट अत्यधिक प्रयोगकै कारण विभिन्न किसिमका ‘साइबर’ अपराधमा समेत पीडित र पीडकका रूपमा बालबालिकाको संलग्नता बढेको प्रहरीमा आउने उजुरीले समेत देखाएको छ । बालबालिकामा इन्टरनेटको अधिक प्रयोगले भविष्यमा लागुऔषध सेवनको समेत उत्तिकै सम्भावना रहेको छ । देशभरका सरकारी स्वास्थ्य संस्थाले मानसिक समस्याको उपचारका लागि मानसिक स्वास्थ्यको केन्द्रीय अस्पतालका रूपमा उक्त अस्पतालमा सिफारिश गर्दै आएका छन् । विभिन्न निजी अस्पतालले सेवा शुरु गरे पनि यहाँ आउने बिरामी वर्षेनी बढिरहेको अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक औसत १५० सम्म बिरामी आउने गरेका छन् । भर्ना हुने बिरामीका लागि अस्पतालमा रहेको ५० शय्या पनि सधैँ भरिने गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending