Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

उपराष्ट्रपतिसँग साउदी राजदूतको भेट, के छलफल भयो ?

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानी (H.E. Mr. Musaid bin Sulaiman M. Al-Mawany) ले शिष्टाचार भेट गरेका छन् । मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपतिले नेपाल र साउदी अरबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म विस्तार भईरहेको बताए । उनले विभिन्न माध्यामबाट दुईदेशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताए । उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउनु हुँदै साउदी अरबियालाई नेपालमा लगानी गर्न आग्रह गरे । ‘नेपाल विकास र समृद्धितिर अगाडि बढिरहेको छ । यसका लागि हामी लगानी खोजिरहेका छौँ’, उपराष्ट्रपतिले भने, ‘साउदी अरबसँग स्रोत छ, हामीसँग लगानीको प्रशस्त क्षेत्र छ । कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस् ।’ नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँँदै उपराष्ट्रपतिले साउदीबाट अधिकतम पर्यटक आउने अपेक्षा राखे । ‘भ्रमण वर्षमा साउदीबाट धेरै पर्यटक आउनेमा हामी विश्वस्त छौँ’, उनले भने ‘साउदी सरकारले त्यहाँका नागरिकलाई यसबारेमा प्रचार प्रसार र प्रोत्सान गर्नेमा पनि विश्वस्त छौँ ।’ उनले आगामी मार्चमा नेपालले आयोजना गर्ने लगानी सम्मेलनमा साउदीका लगानीकर्ताहरु उल्लेख्य मात्रामा उस्थित हुने विश्वास व्यक्त गरे । उपराष्ट्रपतिले भेटमा भैरहवामा अन्तर्राष्ट्रिय र पोखरामा क्षेत्रीय विमानस्थल निर्माणाधीन अवस्थामा रहेको बताउदै ती विमानस्थल निर्माणपछि नेपालमा साउदी अरबले प्रत्यक्ष उडान गर्ने विश्वास व्यक्त गरे ।  उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि साउदी राजदूत मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गईरहेको बताए । उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यक रहेको उल्लेख गरे । ‘सम्बन्धलाई अझै प्रगाढ र सहकार्यलाई फराकिलो बनाउनु पर्दछ, यसका लागि द्वीपक्षीय उच्चस्तरीय भ्रमण हुनुपर्दछ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न साउदी अरबिया सदैव तयार छ ।’ उनले नेपालमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण सम्पन्न भएमा साउदीबाट प्रत्यक्ष उडान गर्न सकिने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending