Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

यी इँटाभट्टा बन्द नगरे कारवाही गर्ने चेतावनी

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए पनि हटाइने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। नगरपालिकाले आज आयोजना गरेको इँटाभट्टा व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उनले नगर क्षेत्रभित्र उक्त नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अन्य वैकल्पिक पेशा सञ्चालन गर्न सुझाव दिए । नगरप्रमुख मिश्रले भने,“इँटाभट्टाका कारण भक्तपुर प्रदूषित बन्दै गएको छ, अब नगरत्रभित्र इँटाभट्टा बन्द गर्ने र नयाँ भटृा खोल्न नपाउने नियम बनाइएकाले यसको पालना गर्दै इँटाभट्टा बन्द गर्न अनुरोध गर्दछौ ।” उनले व्यवसायीलाई वैकल्पिक पेशा अङ्गीकार गर्न पनि सुझाव दिए । अहिले सञ्चालनमा रहेका भट्टाका कारण माटोको उर्वराशक्तिमा ह्रास आउनाका साथै कृषि उत्पादन घटेको र आम मानिसको स्वास्थ्यमा समेत असर परेकाले नगर क्षेत्रभित्र इँटाभट्टा हटाउने अभियान नगरपालिकाले नै सञ्चालन गर्ने जानकारी दिँदै उनले आगोले नपोली बिजुलीबाट पोलिने इँटा उद्योग सञ्चालन गर्न भने प्रोत्साहन गरिनेमा जोड दिए । नगर उपप्रमुख बिना बास्तोलाले भट्टाका कारण नगरको सुन्दरता नै कुरुप बनेकोले इँटाभट्टा बन्द गर्नुको विकल्प नभएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनाले इँटाभट्टा नगरपालिकाको नियमन क्षेत्रभित्र आइसकेकाले प्रदूषणयुक्त भट्टा सञ्चालन गर्ने छुट अब नगरपालिकाले दिन नसक्ने बताए । वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले इँटाभट्टाले नगरपालिकालाई तिरेको करभन्दा कैयौँ गुणा प्रदूषण उत्पादन गरी नागरिकको स्वास्थ्यसँग खेलबाड गरेको बताए । इसिइसिपीका निर्देशक अर्जुन भट्टले चिनीयाँ प्रविधिमार्फत प्रदूषणमुक्त अत्याधुनिक इँटा उद्योग सञ्चालन गर्न सकिने भएकाले त्यस्तो प्रविधि प्रयोगतर्फ केन्द्रित हुन व्यवसायीलाई आग्रह गरे। भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ हेम्बा, व्यवसायी सुरेश खत्री, राजकुमार लामालगायतले व्यवसाय बन्द गर्ने मानसिकताभन्दा पनि इँटा उद्योग सुधार गरेर व्यवसाय व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending