Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने- ‘हामी भिखारी होइनौं’

बीबीसी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि आम चुनाव गराउनका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । फ्रान्स, जर्मनी र स्पेनसमेत युरोपेली संघका करिब १६ देशले ख्वान ग्वाइदोलाई देशको अन्तरिम राष्ट्रपतिको रुपमा आधिकारिक मान्यता दिएको छ । अमेरिका र ब्रिटेनले पनि ग्वाइदोलाई मान्यता दिइसकेका छन् । यसैबीच, ग्वाइदोले मादुरोको त्यो चेतावनी खारेज गरिदिएका छन् जसमा राष्ट्रपतिले राजनीतिक संकटले देशमा गृहयुद्ध भड्किन सक्ने बताएका थिए । उनले यसलाई मादुरोको कल्पना बताएका छन् । ग्वाइदोले मानिसहरुको दिमागमा डर भरिदिएको मादुरोको आरोप थियो । उता, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले मादुरोमाथि तानाशाह चलाएको आरोप लगाएका छन् । उनले भने, ‘मादुरोले आफ्ना जनतालाई दाउमा राखेर कुर्सीमा टाँस्सिरहेका छन् ।’ भेनेजुएलामा राजनीतिक सङ्कट : आन्दोलन चर्किदै गएपछि मदुरोले राखे नयाँ प्रस्ताव उनले यो कुरा अमेरिकी देश र क्यानडाको समूह लिमाको तर्फबाट बोलाइएको आपत्कालीन बैठकमा बताएका हुन् । ट्रूडोका अनुसार मादुरो सरकार शान्तिपूर्ण तरिकाले प्रदर्शन गरिरहेका मानिसहरुमाथि अत्यधिक बल प्रयोग गरिरहेको छ । रुस मादुरोसँगः वास्तवमा, भेनेजुएला भयानक आर्थिक मन्दीसँग जुधिरहेको छ । यहाँ औषधीलगायत अत्यावश्यक वस्तुको अभाव भइसकेको छ । भेनेजुएलाका जनता महँगीको मार खेपिरहेका छन् । गत वर्ष भेनेजुएलामा हरेक १९ दिनमा अत्यावश्यक सामग्रीको मूल्य दोब्बर भइरहेको थियो । संयुक्त राष्ट्रका अनुसार सन् २०१४ देखि अहिलेसम्म तीस लाखले देश छोडिसकेका छन् । भेनेजुएलामाथि हस्तक्षेप : हामीले समाजवादको पक्ष लिने कि साम्राज्यवादको ? भेनेजुएलाका मानिसहरु यही मुद्दाको विषयमा लामो समयदेखि प्रदर्शन गरिरहेका थिए । सरकारमाथि प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि सैन्य बल प्रयोगा गर्न निर्देशन दिइरहेको आरोप लागेको छ । यसैबीच हालै भएको राष्ट्रपति चुनावमा धाँधलीको आरोप लगाउँदै देशको नेशनल एसेम्बलीका प्रमुख र विपक्षी नेता ख्वान ग्वाइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषित गरे र अमेरिकासमेत ठूला शक्तिको समर्थन हाँसिल गरे । यसैबीच मादुरो सरकारको पक्षधर रुसले भेनेजुएलामा विदेशी दखलको विरोध गरेका छन् । रुसका अनुसार यो खोसिएको सत्तालाई वैध ठहर गर्ने कोसिस हो । युरोपेली देशको आर्थिक मद्दतः यसैबीच ग्वाइदोलाई मान्यता दिने देशले भेनेजुएलाका जनतालाई मद्दतको रुपमा खाद्यवस्तु र औषधी प्रदान गर्ने बताएका छन् । यसका लागि यी देशले भेनेजुएलालाई करोडौं डलरको मद्दत गर्ने बताएका छन् । ग्वाइदोले अत्यावश्यक वस्तु मानिससम्म पुर्याउनका लागि सेनालाई सहयोग गर्न अपिल गरेका छन् । यसो गरेर लाखौंको जीवन बचाउने सकिने उनले बताएका छन् । यी मद्दत कोलम्बियाको सीमाबाट ल्याइनेछ । ग्वाइदोको सेनाले यी सामान त्यहाँबाट ल्याएर मानिसहरुलाई बाँडोस् भन्ने चाहना छ । भेनेजुएलाको सेना अहिलेसम्म राष्ट्रपति निकोलस मादुरोप्रति बफादार रहेको छ । मादुरोले युरोपेली संघको यो मद्दतलाई भेनेजुएलाका मानिसहरु भिकारी होइनन् भनेर अस्विकार गरेका थिए । उनले भने, ‘भेनेजुएला मानवीय मद्दतको झुटो आश्वासनमा पर्नेछैन । भेनेजुएलाले काम गर्नेछ, उत्पादन गर्नेछ र आफ्नो अर्थव्यवस्थालाई उठाउनेछ । हामी भिखारी होइनौं ।’ यस्तै, राष्ट्रपति निकोलस मादुरोले उनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई खुल्ला पत्र लेख्नेछन् जसका लागि उनी देशका जनताको हस्ताक्षर जम्मा गरिरहेका छन् । उक्त चिट्ठीमा आफ्नो देश विदेशी सैन्य हस्तक्षेपलाई कादापी स्विकार नगर्ने लेख्ने उनले बताएका छन् । भेनेजुएला प्रकरणमा भएको के हो ? निकोलस मादुरोले भेनेजुएलाका मानिसहरुलाई शान्तिको यो यात्रामा समावेश हुन आग्रह गरेका छन् । उनका अनुसार राष्ट्रपति ट्रम्प रगतले लत्पतिएको हातबाट आफूलाई कुर्सीबाट हटाउन चाहन्छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending