Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

वाग्मतीमा पानी बढाउन मुहानमा बाँध

काठमाडौं । बाग्मती नदीमा पानीको वहाव बढाउन मुहानमै बाँध निर्माण गरी पानी सञ्चय गरिने भएको छ। वर्षेनी वाग्मतीमा पानीको वहाव घट्नु र प्रदूषण बढ्दै गएपछि आठ लाख ५० हजार घनमीटर पानी संकलन गर्ने लक्ष्यसहित धाप बाँध निर्माण थालिएको छ। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - वाग्मतीको मुहान क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र रहेको मूलखर्कमा १२ दशमलब ४ हेक्टर जमिनमा २४ मिटर अग्लो धाप बाँध लगाएर पानी सञ्चय गरिने वाग्मती सुधार आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रभात श्रेष्ठले बताए। संकलित पानी हिउँदमा नदीको वहावलाई स्थिर राख्न उपयोग गरिने गरी ४० लिटर प्रतिसेकेन्डका दरले प्रवाह गरिने छ। करिब ५२ करोड लागतमा गोन्जाओ लामा रमन जेभीले निर्माण गर्ने बाँधको २० प्रतिशत काम सम्पन्न भइ सकेको छ।आयोजनाले वाग्तमीमा थप पानीको वहाव बढाउन वाग्मती बाँध निर्माण गर्न प्रारम्भिक कार्यहरू अघि बढाएको छ। प्रस्तावित बाँध ९० मीटर अग्लो र ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्ने गरी निर्माण गरिने छ। बाँधबाट दुई दशमलब १२ मेगावाट विद्युत् उत्पादन गर्न सकिने गरी अध्ययन सुरु गरेको आयोजनाका प्रमुख आशीष घिमिरेले बताए। नदी प्रणालीलाई संरक्षण र व्यवस्थापन गर्न एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा हाल काम सञ्चालनमा छन्। आयोजनाको कार्यान्वयन सरकारको सहरी विकास मन्त्रालय, जल तथा उर्जा आयोग, सिंचाइ विभाग र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति मार्फत वाग्मती क्षेत्रमा काम भइरहेको छ। शिवपुरी क्षेत्रबाट उत्पन्न हुने नदीको सुन्दरीजल देखि चोभार सम्मको लम्बाई करिब ३५ किमी छ। मुहानदेखि चोभारसम्म नदीको जलाधार क्षेत्र पाँच सय ८५ वर्ग किमीमा फैलिएको छ। वर्षाको बेला नदीमा सरदर दुई सय ७४ र सुख्खायाममा सरदर १६ क्युसेक पानी बग्ने गरेको छ। बाग्मती क्षेत्रमा पर्ने वार्षिक औषत वर्षा करिब एक हजार चार सय मिमि मध्ये वर्षायाममा ८० प्रतिशत पानी पर्छ, यो नै वाग्मती नदीको बहावको प्रमुख स्रोत हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending