Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

स्वर्गद्वारीका २२ हजार मोही आन्दोलनमा

काठमाडौँ । गुठीको जग्गाको व्यवस्थापनका लागि मस्यौदा विधेयक तयार गरिएपछि दाङको स्वर्गद्वारी गुठीको जग्गा जोतभोग गर्दै आएका २२ हजार मोही आन्दोलनमा उत्रिएका छन् । विधेयकको मस्यौदामा आफूहरूलाई नसमेटेर बिचल्ली पार्न खोजेको उनीहरूको गुनासो छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवस्थापनका लागि ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक’को मस्यौदा तयार गरेको छ । यसमा देशभरका गुठीलाई सेमेटिएको छ । तर, स्वर्गद्वारी गुठीलाई भने समावेश गरिएको छैन । ‘देशका सबै गुठी समेटिएका छन्, तर स्वर्गद्वारीलाई छुटाएको छ,’ स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले भने । गुठीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले १४ चैत, ०६२ मा गरेको फैसलामा स्वर्गद्वारी आश्रमलाई ‘विशेष प्रकृतिको निजी गुठी’ भनेर व्याख्या गरिएको छ । तर, गुठीसम्बन्धी विधेयकमा अन्य पाँच प्रकारका गुठीलाई समेटिए पनि ‘विशेष प्रकृतिको ‘निजी गुठी’का विषयमा केही उल्लेख नगरिएको चौधरीको भनाइ छ । ‘अहिले विधेयकमा नसेमेटिए भोलि जग्गा प्राप्तिलगायत राज्यबाट गुठीमा बसोवास गर्ने मोहियानी किसानलाई उपलब्ध गराइने सेवासुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ,’ अध्यक्ष चौधरीले भने । आन्दोलनरत मोहीले जिल्ला प्रशासन कार्यालय, दाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । उनीहरूले प्रशासन कार्यालयमा धर्ना पनि दिएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ । भोगचलन गरेको जग्गा माग स्वर्गद्वारी गुठीका मोहीहरूले भोगचलन गर्दै आएको जग्गा किसानलाई नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् । ‘मोहीको हकवालाले मात्र मोही हक पाउने व्यवस्थालाई खारेज गरी जुन किसानले जुन जग्गामा घरगोठ बनाएको र भोगचलन गर्दैै आएको छ, त्यो जग्गा त्यही किसानलाई उपलब्ध गराउनुपर्छ,’ अध्यक्ष चौधरीले भने । त्यस्तै, चार बिघाभन्दा बढी जग्गा एक व्यक्तिले मोही हक भर्न नपाउने प्रावधान पनि खारेज गर्न माग गरेका छन् । पुस्तौँदेखि भोगचलन गर्दै आएका किसानको परिवारको सदस्य संख्या बढ्दै गएकाले चार बिघा जग्गाले मात्रै खानपिन गर्न समेत नपुग्ने उनीहरूको भनाइ छ । यसले किसान परिवारको उठीवास लाग्ने उनीहरूले बताएका छन् । स्वर्गद्वारीमा २२ हजार मोही स्वर्गद्वारी आश्रमको करिब एक हजार दुई सय बिघा जग्गा छ । यो जग्गा पुस्तौँदेखि किसानले जोतभोग गर्दै आएका छन् । उनीहरूमध्ये अधिकांश थारू समुदायका किसान छन् । यो जग्गामा २२ हजार परिवारले जोतभोग गरिरहेको जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष हरिनारायण चौधरीले बताए । तीमध्ये धेरैजसो जग्गामा मोहियानी लागेको उनको भनाइ छ । देउखुरीस्थित लमही नगरपालिकाको चैलाही, वनगाउँ, अर्नवा, मजगाउँ, सतबरिया, उच्चानिम्बु र गंगदीमा स्वर्गद्वारीको जग्गा रहेको संघर्ष समितिका सचिव भरतराज गिरीले बताए । त्यस्तै, घोराही उपमहानगरको रामपुर, पलाँसे, ढोडेनी, झिँगौरा नैनवार, सुर्केडाँगी, हर्नकलगायतका स्थानमा पनि किसान बस्दै आएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending